२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

सिरहामा व्यक्तिगत जग्गामा वडाध्यक्ष जागेश्वरले बलपूर्वक सडक बनाए

Logo
न्यूज मधेश प्रकाशित सोमबार, जेठ २१, २०८१

सिरहा । सिरहा नगरपालिका-५ बरेर्वामा वडाध्यक्ष जागेश्वर यादवले व्यक्तिगत जग्गामा बलपूर्वक सडक बनाएर आरसिसी ढलान गरेको स्थानीयले आरोप लगाएको छ।

स्थानीय सुकदेव कुसियतले आफ्नो निजि जग्गामा वडाध्यक्षले बलपूर्वक प्रहरी लगाएर सडक बनाएर ढलान गरेको दुखेसो पोखेका छन् ।

सडक बनाउन लागेपछि आफुलाई कसैले नसोधीकन वडाध्यक्ष यादवले आफ्नो जग्गाको मुल्यांकन बढाउनको लागि जबर्जस्ती बलपूर्वक प्रहरी लगाएर सडक ढलान गरेको बताए।’आफ्नो नाममा लालपुर्जा रहेको कित्ता नं.६६७ नम्बरको जग्गामा बिना सहमतिको सडक ढलान गरेको छ’ ,पीडित कुसियतले भने, ‘यसरी कसैको जग्गामा सडक बनाउन कसैको अधिकार छैन ।’

‘कसैको व्यक्तिगत जग्गामा सडक बनाउने कुन नियममा लेखिएको पिडित कुसियतले प्रश्न गरेका छन् ।’ उनले भने,’वडाध्यक्ष जागेश्वर यादवको व्यक्तीगत जग्गा आफ्नो जग्गाको पछाडि रहेकोले उनले आफ्नो जग्गाको मुल्यांकन बढाउनको लागि यो सडक जबर्जस्ती बनाएको आरोप लगाए।’

यता,पीडित सुकदेव कुसियतले उच्च अदालत राजविराजमा निषेधाज्ञाको मुद्दा दिएपछि अदालतले जेष्ठ ११ गते सिरहा नगरपालिकाको नाउँमा अन्तिम आदेश गरेको थियो।

उच्च अदालतका न्यायाधीश बामदेव ज्ञवालीले निवेदकले अन्तरिम आदेश समेतको माग गरेको सम्बन्धमा अन्तरिम आदेश जारी हुने वा नहुने दुबै पक्षको उपस्थितिमा छलफल गराई निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा सो प्रयोजनको लागि प्रमाण सहित उपस्थित हुन मिति २०८१।२।१६ गते पेसी तोकिएको थियो।

न्यायाधीश ज्ञवालीले जारी गरिएको आदेशमा पत्रमा भनेको छ,’छलफल नभए सम्मको लागि निवेदकको कि.नं. ६६७ को जग्गामा निजको मञ्जुरी सहमती विना बाटो निर्माण कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरेको छ।’

तर,सिरहा नगरपालिका-५ का वडाध्यक्ष जागेश्वर यादवले छलफल र सहमति बिनानै पीडित कुसियतको व्यक्तिगय जग्गामा सडक बनाएको छ।

यता,वडाध्यक्ष जागेश्वर यादवलाई यस विषयमा प्रतिक्रिया लिन पटकपटक टेलीफोन सम्पर्क गरेपनी उनको सम्पर्क हुन सकेनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]