०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

मधेश प्रदेशसभा बैठकमा जनमतको अवरोध, १० मिनेटका लागि बैठक स्थगित

Logo
न्यूज मधेश प्रकाशित सोमबार, जेठ २१, २०८१

जनकपुरधाम । मधेश प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक नै प्रतिपक्षी दल जनमत पार्टीले अबरुद्ध गरेको छ ।

सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय भवनको शिलान्यास समारोहमा मन्त्रीमाथि भएको आक्रमण घटनाको छानविन गर्न समिति बनाउनुपर्ने भन्दै जनमतका सांसदहरु प्रदेशसभा बैठक अबरुद्ध गरेका थिए ।

तेस्रो अधिवेशन आह्वान गरिएको र मन्त्रिपरिषद् पुनर्गठन गरिएको पत्र सभामुख रामचन्द्र मण्डलले पढेर सुनाएलगत्तै जनमतका सांसदहरु बैठक अबरुद्ध गरे । बैठक अबरुद्ध भएपछि सभामुख मण्डलले १० मिनेटका लागि स्थगित गरेका छन् ।

बैठकमा जनमतका सांसद संजय यादवले कृषि विश्वविद्यालय भवनको शिलान्यासको क्रममा भएको घटनाको छानविन गर्न पटक पटक माग राख्दा पनि वेवास्ता गर्दा बाध्य भएर सदन अबरुद्ध गर्नुपरेको बताएका थिए ।

गत माघ ८ गते कृषि विश्व विद्यालयको भवन शिलान्यास क्रममा तत्कालीन शिक्षा मन्त्री समेत रहेका जनमत संसदीय दलका नेता महेश प्रसाद यादवसहित केही सांसदहरु प्रहरीको बल प्रयोगमा घाइते भएका थिए । त्यस घटना पश्चात् सदन चल्ने बेला जनमतले छानबिन समितिको माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]