०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

संवाद फाउन्डेसनद्वारा नि:शुल्क स्वास्थ्य शिविर

Logo
न्यूज मधेश प्रकाशित सोमबार, जेठ २१, २०८१

विराटनगर। संवाद फाउन्डेसन मोरङको आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

सोमबार पुष्पलाल चोकस्थित ‘पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल’मा आयोजना गरिएको एक दिने नि:शुल्क आँखा र कान शिविर सम्पन्न भएको हो।

विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा डा. सविना अर्याल र डा. इन्देश चौधरीले शिविरमा १५० जनाको आँखा र कान परीक्षण गरेका थिए ।

गर्मीयाममा आँखाका समस्याबाट बच्न सर्वसाधारणलाई सचेत गराउने उदेश्यले शिविरको आयोजना गरिएको संवाद फाउन्डेसन मोरङका सदस्य सुरज बाबु पटेलले बताए।

उक्त कार्यक्रम अध्यक्षता संवाद फाउन्डेसन मोरङको कार्यसमितिका संयोजक सुनिल यादव र प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका कला, कानून तथा शिक्षाशास्त्रका डीन प्रा.डा. अनिल कुमार पोखरेल लगायतको सहभागीता रहेको आयोजकले जनाएको छ।

शिविरका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका कला, कानून तथा शिक्षाशास्त्रका डीन प्रा.डा. अनिल कुमार पोखरेलले आँखा र कान संवेदनशील अंग भएकाले विशेष ध्यान दिनुपर्ने र गर्मीयाममा आँखामा पाक्ने समस्या हुन सक्ने भएकाले सबैले सावधानी अपनाउनु आवश्यक पर्ने उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]