१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

रौतहटमा घरेलु मदिरा नष्ट ,भट्टीहरू तोडफोड

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, जेठ २२, २०८१

रौतहट । रौतहट प्रहरीले अवैध रुपमा विभिन्न स्थानमा उत्पादन हुँदै आएको घरेलु मदिरा तथा भट्टीहरू नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा तथा भट्टीहरू नष्ट गरेको हो ।

गौर नगरपालिका ५ स्थितमा बस्ने सुशील श्रेष्ठले अवैध रुपमा सञ्चालन गरेको मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । अवैध रुपमा सञ्चालन गरेको मदिरा भट्टीबाट तयारी मदिरा १५ लिटर, कच्चा पदार्थ दुई सय लिटर घरेलु मदिरा प्रहरी गस्ती टोलीले बरामद गरेको हो ।

भट्टीबाट मदिरा बनाउन प्रयोग गरिने ग्यास एक वटा, ग्यास चुलो एक वटा र भाडाबर्तन ३१ वटा समेत नियन्त्रणमा लिएको प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

बरामद गरिएका मदिरा तथा कच्चा पदार्थ स्थानीय सामाजिक अगुवाहरुको रोहवरमा नष्ट गरिएको छ । त्यस क्षेत्रमा अवैध रुपमा घरेलु मदिरा उत्पादन हुँदै आएको सूचनाका आधारमा प्रहरीले भट्टीहरू नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार प्राय घरेलु मदिराका कारण गाउँ घरमा झैँ झगडाका घटना हुने गरेकाले मदिरा र भट्टीहरू नष्ट गर्ने अभियानमा प्रहरी सक्रिय भएको हो ।

भारतीय भूमीमा मदिरा बिक्री वितरणमै रोक लगाइएकाले भारतीय नागरिक नेपालतर्फ खुलेका अवैध भट्टीमा मदिरा पिउन आउने गर्छन् । जसका कारण समाजिक अपराधका घटना बढेको प्रहरीको बुझाई छ ।

घरेलु मदिराले समाजमा विकृति र आपराधिक घटना निम्त्याउन थालेपछि नियन्त्रणमा कडाइ गरिएको प्रहरीको भनाई छ । गैरकानूनीरूपमा घरेलु मदिरा उत्पादन र बिक्री वितरण नगर्न रौतहट प्रहरीले अनुरोध गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालयमा सूचना प्राप्त हुने बित्तिकै त्यहाँ प्रहरी पुगेर धमाधम भट्टी पसल भत्काउने काम गदै आएको उल्लेख गरेको छ ।

जिल्लाभर रहेका अस्थाई प्रहरी चौकी, प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट खटिएर प्रहरीले अवैध घरेलु मदिरा बरामद गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]