२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

विश्व वातावरण दिवसको अवसरमा विद्यालयमा वृक्षरोपण

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ २३, २०८१

जनकपुरधाम। आज विश्व वातावरण दिवसको अवसरमा शंकर माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण गरिएको छ ।

धनुषाको जनकनन्दिनी गाउँपालिका-५ बनरझुलामा रहेको शंकर माध्यमिक विद्यालय परिसरमा वातावरण दिवसको अवसरमा विभिन्न जातका ३० वटा बोटविरुवा रोपिएको विद्यालयका शिक्षिक रबिन्द्र साहले बताए।

त्यसअवसरमा शंकर माध्यमिक विद्यालयका प्र.अ प्रदिप यादवको उपस्थिति विद्यालयको परिसरलगाइतका ठाउँहरुमा विभिन्न प्रजातिका बोटविरुवा रोपिएको छ।

यस विद्यालयमा अध्ययनरत छात्रछात्रा र विद्यालयमा कार्यरत शिक्षकशिक्षिकाहरुको उपस्थितिमा विश्व वातावरण दिवसको अवसरमा विद्यालयमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको शिक्षिक साहले भने।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि विश्वमा वातावरणप्रति सचेतना फैलाउने उद्देश्यले हरेक वर्षको ५ जुनमा विश्व वातावरण दिवस मनाउने गरिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]