०८ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
×

मधेसमा लोसपाले साथ नदिए पनि हामीलाई बहुमत पुग्छ: महेशप्रसाद यादव

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ २३, २०८१

जनकपुरधाम ।एमाले, माओवादी केन्द्र, जनमतसहितको गठबन्धबाट मधेस प्रदेशको मुख्यमन्त्रीमा दावी पेस गर्ने तयारीमा रहेका जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले आफूहरुको पक्षमा बहुमत जुटिसकेको दाबी गरेका छन्।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। तर, यादवले प्रदेश सभाबाट विश्वासको मत पाउने सम्भावना न्यून देखिएको छ।

‘उहाँ (सरोज यादव)ले विश्वासको मत पाउनु हुन्न,’ महेशप्रसादले केहीबेरअघि भने, ‘त्यो अवस्थामा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न भन्नुहुन्छ, त्यसपछि हाम्रो गठबन्धनले दाबी पेस गर्ने तयारी छ।’

उनले एकीकृत समाजवादीले समर्थन गरेसँगै विपक्षी गठबन्धनसँग बहुमत पुगिसकेको पनि दाबी गरे।

‘चार दल (एमाले, जनमत, माओवादी केन्द्र र एकीकृत समाजवादी)का मात्रै पनि सभामुखसहित ५४ जना सांसद छन्,’ यादवले भने, ‘१०७ सदस्यीय प्रदेश सभामा हामीलाई बहुमत जुटाउन ५४ मत नै आवश्यक पर्छ। मतदानमा जाँदा स्वतन्त्र दुई सांसदले पनि हामीलाई साथ दिने बचन दिनुभएको छ।’

उनले नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक-एक जना सांसदले चार दलबीचको गठबन्धनलाई साथ दिने दाबी सुनाए। ‘त्यो अवस्थामा हामीलाई लोसपाको मतबिनै पनि सभामुखबाहेक ५५ सांसदको साथ हुन्छ,’ सांसदको हिसाब गर्दै उनले भने।

एमाले, माओवादी केन्द्र र जनमतबीच मधेस सरकारको नेतृत्व जनमत पार्टीलाई दिने सहमति भइसकेको छ। सोहीअनुसार जनमत पार्टीको तर्फबाट सप्तरीबाट निर्वाचित महेशप्रसाद यादव मधेस प्रदेशको अबको मुख्यमन्त्री बन्ने चर्चा छ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा नयाँ सरकार गठननको लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेश सभामा एमालेको सभामुखबाहेक २४, कांग्रेसका २२, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपा ९-९ र एकीकृत समाजवादीका ७ सांसद छन्।

मधेस प्रदेस सभामा नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका पनि एक-एक प्रदेश सांसद छन्। उनीहरुले पनि कता मतदान गर्छन् प्रष्ट भइसकेको छैन।

नौ सांसद रहेको महन्थ ठाकुर नेतृत्वको लोसपा हालका मुख्यमन्त्री यादवको पक्षमा उभिन्छ कि एमाले माओवादी गठबन्धको पक्षमा उभिन्छ, प्रष्ट भइसकेको छैन।

मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने कि नदिने लोसपाले अझै निर्णय गर्न नसकेको अवस्थालाई इंगित गर्दै यादवले लोसपाले मत नदिए पनि आफ्नो पक्षमा बहुमत पुग्ने दाबी गरेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]