२९ कार्तिक २०८२, शनिबार
15-11-2025 , Sat
×

भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा

Logo
न्यूजमधेश प्रकाशित बुधबार, जेठ २३, २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपति द्रौपडी मुर्मुलाई बुधबार दिउँसो भेटेर प्रधानमन्त्री मोदीले राजीनामा बुझाएको भारतीय समाचार संस्था टाइम्स अफ इन्डियाले जनाएको छ।

मोदीले राष्ट्रपति भवन पुगेर राजीनामा बुझाएका हुन्। राष्ट्रपति मुर्मुले प्रधानमन्त्री मोदीले दिएको राजीनामा स्वीकृत गरिसकेकी छन्।

भारतमा जुन ८ तारिखसम्म मोदी नै कामचलाउ प्रधानमन्त्री रहनेछन्। जुन ८ मा त्यहाँ भारतमा नयाँ सरकार गठन हुनेछ।

भारतको लोकसभा निर्वाचनको मतपरिणाम मं‌गलबार सार्वजनिक भएको थियो।मतपरिणाम आएसँगै त्यहाँ नयाँ सरकार गठनका लागि दुई गठबन्धनबीच छलफल भइरहेको छ।

भारतीय जनता पार्टीले एक्लै बहुमत ल्याउन सकेको छैन। तर भाजपा नेतृत्वको एनडिएले २९३ सिट जितेको छ।

बहुमत र सरकार गठनका लागि २७२ सिट आवश्यक हुन्छ। विपक्षी गठबन्धन इन्डियाले २३४ सिट जितेको छ।

सरकार गठनका लागि एनडिए गठबन्धनका प्रमुख नेताहरू विहारका मुख्यमन्त्री नितिशकुमार र तेलेगु देसम पार्टीका प्रमुख चन्द्रबाबु नायडू बुधबार दिल्ली पुगेका छन्।

उनीहरू एनडिएसँग छलफल गर्नका लागि दिल्ली पुगेका हुन्।

नितिश कुमारको जनता दल (युनाइटेड) र तेलेगु देसम पार्टी मोदी सरकारका लागि प्रमुख सहयात्री हुनसक्ने देखिएका छन्। जनता दलले १२ र तेलेगु देसमले १६ सिट जितेको छ।

यद्यपि नितिशको राजनीतिक पृष्ठभूमिका कारण सरकार कसरी बन्छ भन्ने टुंगो लागिसकेको छैन।

विपक्षी गठबन्धन इन्डियामा सामेल दलका प्रमुखहरू समाजवादी पार्टीका प्रमुख अखिलेश यादवलगायत पनि छलफलका लागि दिल्ली पुगेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]