१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

तराई-मधेसमा आपराधिक गतिविधि बढ्यो : सांसद खान

Logo
न्यूजमधेश प्रकाशित बुधबार, जेठ २३, २०८१

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले तराई–मधेशमा हत्या, हिंसा र अपहरणका घटना दिनदिनै बढिरहेको भन्दै ती घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे।

आजको बैठकमा समय मागेर सांसद खानले हत्या, आतङ्क र लुटपाटका घटनाको त्रासमा रहेका जनतालाई शान्ति सुरक्षाको वातावरण बनाउन माग गरे।

‘तराई–मधेशका जनता डर र त्रासको वातावरणमा छन् । शान्ति सुरक्षाको वातावरण खस्किएको छ । लुटपाटका घटना बढिरहेको र पीडित पक्षले जाहेरी बुझाउन जाँदा प्रहरी प्रशासनले जाहेरी नलिएको गुनासो आइरहेको छ,’ सांसद खानले भने।

उनका अनुसार सुनसरीको कोशी गाउँपालिका–३ का बसिरन खातुनलाई हालै दाइजोको निहुँमा हत्या गरी सप्तरीको हनुमाननगरस्थित कोशी नदी किनारमा पिपलको रुखमा झुण्ड्याएको अवस्थामा शव फेला परेको थियो।

विभिन्न दबाबका कारण जाहेरीसमेत दर्ता नभएको छैन उनका भनाइ छ।

‘रुपन्देहीको गैडहवा गाउँपालिका–१ का तिरु यादव र रामकुमार यादव दुवै दाजुभाइलाई यही जेठ २२ गते स्थानीय पानको पसलमा छुरा प्रहार गरिएको थियो । एकजनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ,’ सांसद खानले भने।

त्यस्तै, यही जेठ १२ गते बर्दियाको बढैयाताल गाउँपालिका–३ स्थित गोब्रेपुर गाउँपालिकाका ३० वर्षीया तारा खटिकलाई कुटपिट गरेपछि निजले राति झुण्डिएर आत्महत्या गरेको घटनाबारे इलाका प्रहरीले जाहेरी लिनसमेत नमानेको भन्दै यस्ता घटना दिनप्रतिदिन बढिरहेकाले सरकारले शान्ति सुरक्षाको वातावरण सिर्जना गरी नागरिकको जीवन रक्षा गर्नुपर्ने माग सांसद खानले संसद्समक्ष गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]