०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

मुख्यमन्त्री यादवको प्रस्ताव सभामुखद्वारा अस्वीकार, सदन चल्ने

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ २३, २०८१

जनकपुरधाम । मधेस प्रदेशसभाले मुख्यमन्त्री सरोजकुमार यादवको प्रस्तावलाई अस्वीकार गरेको छ । प्रदेश सभाबाट आज लिने भनिएको विश्वासको मतसम्बन्धी कार्यसूची सार्ने मुख्यमन्त्री यादवको प्रस्तावलाई सदनले अस्वीकार गरेको हो ।

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्रीले गरेको प्रस्ताव विश्वासको मतको कार्यसूची सार्ने प्रस्ताव तत्काल पूरा नगर्ने बताए । उनका अनुसार सदन सुरु हुनुभन्दा केहीबेर अगाडि मात्र मुख्यमन्त्री यादवले विश्वासको मतको कार्यसूची सार्न आग्रह गरेका थिए ।

उनले भने, ‘मुख्यमन्त्रीबाट आएको प्रस्तावमा हामीले छलफल चलायौँ, सबै सल्लाह फरक फरक आयो । त्यसकारण मैले आज सदन स्थगन नगरेर चलाउने निर्णय गरे ।’

सभामुख मण्डलले अब केहीबेरमा सदन सुरु गर्ने बताए । उनले भने, ‘हामी केही बेरमा सदनको बैठक सुरु गर्छौ, प्रदेश सरकारबाट केही आउनुभएन भने वा कसैले विरोध गरेमा केही घण्टाका लागि पुनः सदन स्थगित गर्छौ । तर आज भनिएको कार्यसूची अनुसारको काम रोकिँदैन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]