२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

अन्ततः विश्वासको मत लिन तयार भए मुख्यमन्त्री यादव

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ २३, २०८१

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव अन्ततः विश्वासको मत लिन तयार भएका छन् ।उनले आजै विश्वासको मत लिने भएको छ।

सत्ताबाट बाहिरिने निश्चित भएपछि उनले बिरामी परेको भन्दै विश्वासको कार्यसूची सार्न सभामुखलाई आग्रह गरेका थिए । तर, सभामुख रामचन्द्र मण्डलले उनको आग्रह अस्वीकार गरेर बैठक बोलाए ।

बैठकमा मुख्यमन्त्री र मन्त्रीहरू अनुपस्थित भएका छन् । त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

सभामुख मण्डल विश्वासको मतका लागि जसपा नेपालका सांसद र मुख्यमन्त्रीसँग छलफलमा छन् । छलफलमा मुख्यमन्त्री यादव विश्वासको मत लिन तयार भएको जसपा नेपालकै एक सांसदले बताए ।

ती सांसदले भने, ‘बिरामी रहेकोले विश्वासको मतसम्बन्धी कार्यसूची सार्न उहाँ (मुख्यमन्त्री ज्यू) ले आग्रह गर्नु भएको सही हो । तर, कार्यसूची नसारेपछि विश्वासको मत लिन तयार हुनुभएको छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]