१७ फाल्गुण २०८२, सोमबार
02-03-2026 , Mon
×

विश्वासको मत लिन प्रदेशसभा पुगे मुख्यमन्त्री यादव, पुनः बैठक बस्दै

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ २३, २०८१

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मत लिन प्रदेशसभा पुगेका छन् ।

मुख्यमन्त्री यादवले विश्वासको मत सम्बन्धी कार्यसूची सार्न गरेको आग्रह सभामुखले अस्वीकार गरेर बैठक बोलाएपछि उनीसहितका मन्त्रीहरु उपस्थित भएन । त्यसपछि १० मिनेटका लागि बैठक स्थगित गरेर सभामुख मण्डलले जसपा नेपाल संसदीय दलसंग छलफल गरेपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन तयार भए ।

आजै दोस्रो पटक बसेको बैठकमा मुख्यमन्त्री यादव उपस्थित भएका हुन् । स्रोतका अनुसार जसपा नेपालले सभामुख मण्डललाई बैठक स्थगित गर्न दबाब दिन अझै छाडेका छैन् । यद्पी सभामुख मण्डलले केहि बेरमा पुनः बैठक सुरु गर्ने छन् ।

मुख्यमन्त्रीलाई जसपा नेपाल, नेपाली कांग्रेस र लोसपा विश्वासको मत दिनेछन् । तीन दलले विश्वासको मत दिए मात्र ४९ सांसद पुग्छ । विश्वासको मत पाउन अर्थात् सरकार टिकाउन ५४ सांसद आवश्यक पर्छ ।

सरकार टिकाउन अझै ५ जना सांसदको आवश्यक रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]