११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

मधेश सरकारमा पहिलोपटक दलित समुदायबाट मन्त्री

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ २५, २०८१

जनकपुरधाम । प्रदेश संरचनामा गएपछि मधेशमा पछिल्लो सात वर्षमा दुईवटा सरकार बने । जसपा नेपाल नेतृत्वका दुवै सरकारको मन्त्रिपरिषद् पटक पटक फेरबदल भए तर दलित समुदायबाट कसैले मन्त्री हुने अवसर पाएनन् ।

शुक्रबार बनेको सतिश सिंह नेतृत्वको नयाँ मन्त्रिपरिषद्‌मा भने सुरमै दलित समुदायका सांसदले पनि मन्त्री बन्ने अवसर पाएकी छन् ।

मधेश प्रदेश सरकारमा पहिलो पटक दलित समुदायबाट जनमत पार्टीकी सप्तरीकी समानुपातिक प्रदेशसभा सदस्य रञ्जुकुमारी खंगलाई राज्यमन्त्री बनेकी छन् ।

जसपा नेतृत्वकै सरकारमा सहभागी रहेको जनमत पार्टीले दलित समुदायबाट खंगलाई मन्त्री बनाउन सिफारिस गरेको थियो ।

तर, जसपाका मुख्यमन्त्री सरोजकुमार यादवले खंगलाई शपथग्रहण नगराएको जनमत पार्टीका सचिव बीपी साहले बताए । पहिलो प्रदेश सभामा ७ जना दलित समुदायका थिए ।

कसैले पनि मन्त्री हुने अवसर पाएनन् । जसपाकी सांसद चमेलीदेवी दासको नाम चर्चामा आएपनि मन्त्री बन्न सकिनन् । यसपटक अहिले प्रदेश सभामा ८ जना दलित सांसद छन् । जनमत पार्टीले राज्यमन्त्रीमा दलितलाई स्थान दिएर राम्रो गरेको जसपाकी पूर्व प्रदेश सांसद दासले बताइन् ।

‘मधेश प्रदेशमा झण्डै १८ प्रतिशत जनसंख्या भए पनि दलित समुदायका मन्त्री भएका थिएनन् ,’ सचिव साहले भने, ‘हाम्रो पार्टीले ऐतिहासिक निर्णय गरेको छ । दलितलाई सरकारमा सहभागी गराएर मधेश आन्दोलनको प्रमुख माग समावेशितालाई आत्मसाथ गरेका छौं ।’

राज्मन्त्री खंगले कुराकानी गर्दै आफ्नो समुदायबाट आफू पहिलोपटक मन्त्री बन्दा ठूलो जिम्मेवारी काँधमा आएको बताइन् ।

‘मेरो पार्टी जनमत पार्टीले सबै मधेशीहरुको पक्षमा काम गर्छ । कुनै एक जातको पक्षमा होइन सबैको सहभागिता र समावेशितालाई सम्मान गरेको छ,’ राज्यमन्त्री खंगले भनिन्,‘मैले आफ्नो क्षमताअनुसार काम गर्नेछु । अब लाग्छ, दलितहरुले पनि शासन गर्न सक्छ । हामीलाई अब कसैले दबाउन सक्दैन ।’

मधेश आन्दोलनको जगमा मधेश प्रदेश स्थापना भएको राजनीति दलहरुले दलितलाई बहिस्कार गरेको आक्रोश पोख्दै राज्यन्त्री खंगले भनिन्, ‘मेरो शपथग्रहण गराउन मैले बारम्बार यस अघिको जसपाका मुख्यमन्त्री सरोज यादवलाई आग्रह गरेको तर उहाँले गराउनु भएन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]