०१ चैत्र २०८२, सोमबार
16-03-2026 , Mon
×

लालबन्दीको चुरे क्षेत्रबाट ठूलो परिमाणमा गाँजा बरामद

Logo
न्यूज मधेश प्रकाशित शनिबार, जेठ २६, २०८१

जनकपुरधाम ।संयुक्त प्रहरी टोलीले सर्लाहीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

मधेस प्रदेश प्रहरी कार्यालय, लागू औषध नियन्त्रण व्यूरो जनकपुर, जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल, नम्बर १० गण सर्लाहीको संयुक्त टोलीले सर्लाहीको लालबन्दी नगरपालिकाक वडा नम्बर- १४ स्थित लंगुर डाँडा भन्ने ठाउँबाट १६ क्विन्टल १२ किलो ८ सय ५० ग्राम गाँजा बरामद गरेको हो।

मान्छे नबस्ने गरेको घरमा भन्डारण गरेको अवस्थामा ठूलो परिणाममा गाँजा बरामद गरिएको जिज्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपक श्रेष्ठले जानकारी दिए।

दुई तले काठको घरमा ठूला ठूला १६ वटा ड्रम र बोरामा भण्डारण गरेर राखेको अवस्थामा गाँजा बरामद गरिएको उनले बताए।

गाँजासँगै प्रहरीले १६ थान ड्रम, गाँजा च्याप्ने मेसिनसहितका सामान पनि बरामद गरेको छ।

सर्लाही लालबन्दीको चुरे क्षेत्रमा हरेक वर्ष प्रहरीले गाँजा फँडानी गर्दै आएको छ। यस वर्ष पनि त्यस क्षेत्रमा गाँजाको उत्पादन, प्रशोधन, भन्डारण र विक्रिबितरण भइरहेको भनेर प्राप्त भएको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले गाँजा बरामद गरेको हो।

गाँजा बरामद गर्न नेपाल प्रहरीका एसपीको कमाण्डमा ८० जना र सशस्त्र प्रहरी डीएसपीको कमाण्डमा ४५ जना प्रहरी लंगुर डाँडामा पुगेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]