२६ भाद्र २०८१, बिहिबार
12-09-2024 , Thu
×

मधेशका मुख्यमन्त्री सिंहद्वारा छिन्नमस्ता भगवतीको दर्शन

Logo
न्यूज मधेश प्रकाशित शनिबार, जेठ २६, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरीको धार्मिक शक्तिपीठ छिन्नमस्ता भगवतीको दर्शन तथा पूजापाठ गरेका छन् ।

शुक्रवार नियुक्त भएर शपथग्रहण गरेका मुख्यमन्त्री सिंह राति गृहजिल्ला सप्तरी पुगेका थिए । गएराती नै छिन्नमस्ता भगवतीको मन्दिर पुगेर पूजापाठ गरेका हुन् ।

उनले आफ्नो कार्यकाल सफलताका लागि छिन्नमस्ता भगवतीबाट आशिर्वाद लिए ।

मुख्यमन्त्री सिंह शुक्रवार जनकपुरधामस्थित जानकी मन्दिरमा पनि पूजापाठ गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ,२६ भदौ। कृषि तथा पशुपंक्षी बिमामा अनुदानका लागि मधेश प्रदेशले थप दुई करोड रुपैयाँ विनियोजना गरेको छ । बिमा प्राधिकरण र मधेश प्रदेश सरकारबीच बिमासम्बन्धी समयामयीक छलफलमा मुख्यमन्त्री सतिशकुमार सिंहले कृषि तथा पशुपन्छी बिमामा थप अनुदानका लागि थप दुई करोड छुट्याएको जानकारी दिएका हुन् । अन्य प्रदेशमा सुरु गरिएको घर बिमा र दुर्घटना बिमाको […]

काठमाडौँ, १८ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गर्नुभएको प्रश्नको उत्तर दिँदै उहाँले मेलम्चीको पानी बाह्रै महिना उपत्यकावासीको धारामा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । मन्त्री यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता […]

सुनसरी, १८ भदौ। भारी वर्षाका कारण खहरे खोलामा आएको बाढीले लगातार खोला कटान गर्न थालेपछि धरान उपमहानगरपालिका–१३ खहरे खोला नजिकका बस्ती उच्च जोखिममा परेका छन् । धरान–१३ की राधिका लिम्बू घरभित्र पानी पसेपछि घर सफा गर्न दुई दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी पर्न थालेपछि राति घरमा सुत्न सकिँदैन कतिबेला बाढी आएर बगाउँछ भन्ने […]