०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

सिडिओको आदेशलाई अटेर गर्दै ढुवानी संघका अध्यक्ष साह

Logo
न्यूज मधेश प्रकाशित शनिबार, जेठ २६, २०८१

जनकपुरधाम ।कार्यकाल समाप्त भएको ६ महिना वितिसक्दा समेत जनकपुर अंचल पेट्रोलिय ढुवानी व्यवसायी संघका अध्यक्ष किशुनदेव साहले निर्वाचन गर्नबाट अस्विकार गर्दै आएको तथ्य फेला परेको छ ।

पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरधामका अध्यक्ष समेत रहेका किशुनदेव साहले निर्वाचन गर्नबाट अटेर गरेपछि बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाले पत्र काटेको १५ दिन भित्र निर्वाचन प्रक्रिया सम्पन्न गर्न निर्देशन दिदा पत्र बुझ्न आनाकानी गर्दे आएको रहस्य समेत वाहिरिएको छ ।

प्राप्त जानकारि अनुसार ढुवानी संघका अध्यक्ष समेत रहेका किशुनदेव साहको कार्यकाल माघ २१ गतेनै समाप्त भएको र निर्वाचन गराई नया कार्यसमिति निमार्णका लागि पटक पटक ताकेता गर्दा समेत कुनै सुनवाई नगरेपछि संघ आवद्ध व्यवायीहरुले निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिएका थिए ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जेठ २३ गते ढुवानी संघलाई विधान अनुसार १५ दिन भित्रमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएका थिए ।

जिप्रका धनुषाले पत्र काटेपनि बुधबार संघले पत्र बुझनबाट अस्विकार गर्दै भोली आउन अहएका थिए । पत्र लिएर विहिबार पनि पुग्दा पत्र बुझनबाट अस्विकार गरेपछि हुलाक मार्फत पत्र पठाईने भएको संघसंग आवद्ध व्यवासायी हुकुमदेव साहले जानकारि दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]