०६ कार्तिक २०८२, बिहिबार
23-10-2025 , Thu
×

सिडिओको आदेशलाई अटेर गर्दै ढुवानी संघका अध्यक्ष साह

Logo
न्यूज मधेश प्रकाशित शनिबार, जेठ २६, २०८१

जनकपुरधाम ।कार्यकाल समाप्त भएको ६ महिना वितिसक्दा समेत जनकपुर अंचल पेट्रोलिय ढुवानी व्यवसायी संघका अध्यक्ष किशुनदेव साहले निर्वाचन गर्नबाट अस्विकार गर्दै आएको तथ्य फेला परेको छ ।

पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरधामका अध्यक्ष समेत रहेका किशुनदेव साहले निर्वाचन गर्नबाट अटेर गरेपछि बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाले पत्र काटेको १५ दिन भित्र निर्वाचन प्रक्रिया सम्पन्न गर्न निर्देशन दिदा पत्र बुझ्न आनाकानी गर्दे आएको रहस्य समेत वाहिरिएको छ ।

प्राप्त जानकारि अनुसार ढुवानी संघका अध्यक्ष समेत रहेका किशुनदेव साहको कार्यकाल माघ २१ गतेनै समाप्त भएको र निर्वाचन गराई नया कार्यसमिति निमार्णका लागि पटक पटक ताकेता गर्दा समेत कुनै सुनवाई नगरेपछि संघ आवद्ध व्यवायीहरुले निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिएका थिए ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जेठ २३ गते ढुवानी संघलाई विधान अनुसार १५ दिन भित्रमा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएका थिए ।

जिप्रका धनुषाले पत्र काटेपनि बुधबार संघले पत्र बुझनबाट अस्विकार गर्दै भोली आउन अहएका थिए । पत्र लिएर विहिबार पनि पुग्दा पत्र बुझनबाट अस्विकार गरेपछि हुलाक मार्फत पत्र पठाईने भएको संघसंग आवद्ध व्यवासायी हुकुमदेव साहले जानकारि दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]