२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

प्रदेशसभा सदस्यलाई होइन, निर्वाचन क्षेत्रलाई बजेट दिनेछौँ : मुख्यमन्त्री सिंह

Logo
न्यूज मधेश प्रकाशित शनिबार, जेठ २६, २०८१

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेश मन्त्रिपरिषद् बैठकले प्रादेशिक निर्वाचन क्षेत्र विकासका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको बताएका छन् ।

उनले प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य र निश्चित क्षेत्रबाट प्रतिनिधित्व गर्ने समानुपातिक प्रदेशसभा सदस्यका क्षेत्रमा विकासका योजनाका लागि बजेट छुट्याइने जानकारी दिए ।

मुख्यमन्त्री सिंहले बजेटको आकार तय गर्नका लागि मात्र प्रत्यक्षतर्फ निर्वाचितका हकमा पाँच करोड र समानुपातिकतर्फ निर्वाचितका हकमा डेढ करोड रुपैयाँ भनिएको प्रस्ट्याए । उनले भने,‘प्रदेशसभा सदस्यका लागि बजेट होइन, उहाँहरूले प्रतिनिधित्व गर्ने क्षेत्रका विकासका लागि हो ।’

वडाध्यक्षले प्रतिनिधित्व गर्ने वडाका लागि बजेट विनियोजन भइरहेका बेला प्रदेशसभा सदस्यले प्रतिनिधित्व गर्ने क्षेत्रका लागि बजेट व्यवस्थापन गर्ने कार्य सांसद विकास कोषमा रकम विनियोजन भएजस्तो नभएको उनको जिकिर छ ।

नवगठित मधेश सरकारले सांसद विकास कोषका नामले परिचित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको प्रादेशिक संस्करण ब्युँताउन खोजेको आशङकाका बीच मुख्यमन्त्री सिँहले भने, ‘मन्त्रालयको योजना हुन्छ, मन्त्रालयले कार्यान्वयन गर्छ । योजना कार्यान्वयनमा प्रदेशसभा सदस्यको भूमिका हुँदैन ।’

व्यवस्थाहरूका लागि छुट्याइएको विनियोजित रकम खर्च गर्ने कार्यमा त्यससम्बन्धी एउटा रिटको सुनुवाइ गर्दै रोक लगाएको छ ।

संसदीय विकास कोषकै शैलीमा प्रदेशमा प्रदेशसभा सदस्यको इच्छाअनुसारका योजनामा खर्च गर्ने बजेट ल्याइने प्रदेश भनी केही सञ्चारमाध्यमले सरकारको निर्णयलाई अथ्र्याएको छ ।

अर्थमन्त्री भरतप्रसाद साहले प्रदेशसभा सदस्यलाई नभएर प्रदेशका सबै निर्वाचन क्षेत्रमा मन्त्रालयमार्फत नै काम हुनेगरी आगामी विनियोजन ऐनमा व्यवस्था गरिने निर्णय भएको जानकारी दिए । उनले त्यस निर्णयलाई संसदीय विकास कोषसँग जोड्न नमिल्ने उल्लेख गरे ।

‘हामीले सर्वोच्चको निर्णय पर्खिरहेका छौँ । बजेट विनियोजन गर्न मिल्ने भए रकम दिनेछौँ । दिन नमिल्ने भए निर्वाचन क्षेत्र विकासमा बजेट राख्नेछौँ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]