१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

भ्रष्टाचार नियन्त्रणमा मुख्यमन्त्री सिंहको जोड

Logo
न्यूज मधेश प्रकाशित आइतबार, जेठ २७, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताएका छन् ।

मुख्यमन्त्री नियुक्त भएको भोलिपल्टै शनिवार गृहजिल्ला सप्तरीमा सञ्चारकर्मीहरुसित कुराकानीका क्रममा उनले यस्तो बताएका छन् ।

मधेशमा विगतमा उपभोक्ता समितिका नाममा भ्रष्टाचार बढेको, पैसा खाएर योजना नै बिक्री गर्ने गरिएको जस्ताविकृतिप्रति जनगुनासो बढेको भन्दै उनले सरकारले यस प्रकारका अबैध गतिबिधि नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गरे।

प्रदेशमा संस्थागत रुपमा रहेको भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख कार्य रहने बताउँदै उनले सरकारको यस अभियानमा सञ्चार क्षेत्र, राजनीतिक दल लगायत सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको जिकिर गरे।

विगतका कमजोरीलाई मात्र कोट्याएर मधेशमा केही हुन सक्दैन भन्ने नकारात्मक कुरा मात्र प्रवाह गर्ने भन्दा पनि अब नयाँ सोचका साथ सञ्चार क्षेत्रले सकारात्मक कुरालाई पनि जनसमक्ष पुर्याउन जरुरी रहेको भन्दै उनले सकारात्मक सोचका साथ अघि बढ्नमा सञ्चार जगतले पनि भूमिका खेल्न आवश्यक रहेको उल्लेख गरे।

मुख्यमन्त्री र अर्थमन्त्री बाहेक मधेश प्रदेशमा अरु कसैको केही नचल्ने भनि केही महिना अघि पत्रकार सम्मेलनमा बताएका सिंहको भनाइ उल्लेख गर्दै पत्रकारहरुले अहिले फरक दलको अर्थमन्त्री रहेको अवस्थामा कसरी काम गर्नु हुन्छ ? भनि राखिएको जिज्ञासामा उनले अहिले कुनै एक दलको बहुमतको सरकार नरहेको अवस्थामा मिलेर काम गर्नुको विकल्प नरहने भएकाले भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक रहेको बताए ।

चालु आर्थिक वर्ष समाप्तिको चरणमा रहेकोले सम्पूर्ण क्याबिनेट र सचिव फुल टाईम बसेर बजेट, नीति तथा कार्यक्रम निर्माणमा लाग्ने बताए । उनले मधेश प्रदेशका एक सय ३६ वटै पालिकामा किसानका लागि एक एकवटा विशिष्ठ रुपको कृषि प्याकेजको कार्यक्रम ल्याउने जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]