२८ पुष २०८२, मंगलबार
13-01-2026 , Tue
×

अमेरिकाबाट डा.सीके राउत स्वदेश फर्किए,विमानस्थल स्वागत

Logo
न्यूज मधेश प्रकाशित आइतबार, जेठ २७, २०८१

जनकपुरधाम।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत एशोसिएशन अफ नेपाली तराईयन इन अमेरिका (एन्टा)को ७ औं माहाधिवेशन भाग लिएर स्वदेश फर्किएका छन् ।

अध्यक्ष डा.राउत आज बिहान स्वदेश फर्किएको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई.दीपक कुमार साहले जानकारी दिए।

संयुक्त राज्य अमेरिकाको राजधानी वाशिङटन डिसीमा एन्टाको ७ औं महाधिवेशनमा अध्यक्ष डा.राउत प्रमुख अतिथिको रुपमा सहभागी भएको थियो।

साथै ,अमेरिकाको विभिन्न स्थानमा छुट्टाछुट्टै कार्यक्रमहरुमा पनि अध्यक्ष डा.राउत सहभागी भएका थिए। एक सप्ताहको अमेरिका भ्रमणपछि आज स्वदेश फर्किएको हो।

अध्यक्ष डा.राउत आज बिहान स्वदेश फर्किएपछि उनलाई जनमत पार्टीका नेताकार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको प्राङ्गणमा पुगेर स्वागत गरेका छन् ।उनलाई जनमत पार्टीका नेताहरुले खादा लगाएर स्वदेशमा स्वागत गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]