०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

अमेरिकाबाट डा.सीके राउत स्वदेश फर्किए,विमानस्थल स्वागत

Logo
न्यूज मधेश प्रकाशित आइतबार, जेठ २७, २०८१

जनकपुरधाम।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत एशोसिएशन अफ नेपाली तराईयन इन अमेरिका (एन्टा)को ७ औं माहाधिवेशन भाग लिएर स्वदेश फर्किएका छन् ।

अध्यक्ष डा.राउत आज बिहान स्वदेश फर्किएको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई.दीपक कुमार साहले जानकारी दिए।

संयुक्त राज्य अमेरिकाको राजधानी वाशिङटन डिसीमा एन्टाको ७ औं महाधिवेशनमा अध्यक्ष डा.राउत प्रमुख अतिथिको रुपमा सहभागी भएको थियो।

साथै ,अमेरिकाको विभिन्न स्थानमा छुट्टाछुट्टै कार्यक्रमहरुमा पनि अध्यक्ष डा.राउत सहभागी भएका थिए। एक सप्ताहको अमेरिका भ्रमणपछि आज स्वदेश फर्किएको हो।

अध्यक्ष डा.राउत आज बिहान स्वदेश फर्किएपछि उनलाई जनमत पार्टीका नेताकार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको प्राङ्गणमा पुगेर स्वागत गरेका छन् ।उनलाई जनमत पार्टीका नेताहरुले खादा लगाएर स्वदेशमा स्वागत गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]