०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

आफ्नै मामाको छोराले विश्वासघात गरेपछि आमा-छोराको विचल्ली !

Logo
न्यूज मधेश प्रकाशित आइतबार, जेठ २७, २०८१

जनकपुरधाम। आफ्नै मामाको छोराले विश्वासघात र ठगी गरेको आरोपमा सिद्धार्थ बैंक जनकपुर शाखाका प्रबन्धक अजय कुमार यादव सहित तीन जनामाथि मुद्दा दायर भएको छ।

आफ्नो व्यावसायमा साझेदारी पार्टनर समेत रहेको बैंकका प्रबन्धक अजय कुमार यादवले आफु बैंकमै रहेकाले विभिन्न पार्टीलाइ पैसा दिनु पर्ने भन्दै छल गरि दस थान खाली चेक लिएर आफ्नो आफन्तको नाममा ९६ लाख रुपैयाँको चेक दिएको जानकारी पिडित राजीव कुमार यादवले पत्रकार सम्मेलन गरि जनाएका हुन्।

प्रबन्धक अजयको मनमा लोभ जागेपछि उनले सोही चेकहरू कब्जामा लिएर आफ्नै व्यवसायिक पार्टनर राजीवलाई ब्ल्याकमेलिङ गरेपछि मनमुटाव शुरु भएको जनाएका छन् ।

चेक दिएको व्यक्ति अभिनन्दन कुमार यादवसँग आफ्नो कुनै किसिमको सरोकार नरहेको राजीव यादवले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषामा लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर २ बस्ने राजीव यादवले सिद्धार्थ बैंक जनकपुरका प्रबन्धक अजय कुमार यादव, उनका बुवा विश्वनाथ यादव र उनका आफन्त सबैला नगरपालिका वडा नम्बर ९ बस्ने अभिनन्दन यादवमाथि विश्वासघात अनुचित लेनदेन गरेको भन्दै निवेदन दिएका थिए।

महोत्तरीको बर्दिबास स्थित संचालनमा रहेको जय बाबा ठाकुर वासिंग सेन्टरका संचालक समेत रहेका पिडित राजीव यादवसँग विश्वनाथ यादव, अजय कुमार यादव र अभिनन्दन यादवले साझेदारीमा काम गर्ने भनेर विश्वासमा लिएका थिए जसको कुनै किसिमको लिखित सम्झौता भने गरिएको थिएन्। लगानीको रुपमा वासिंग सेन्टरमा बैंक प्रबन्धक समेत रहेको अजय यादवले १३ लाख रुपैयाँ जति लगानी गरेका थिए ।

अजयले विश्वासमा पारेर विश्वासघात गरेको आरोपसहित उनीमाथि आपराधिक विश्वासघात,अनुचित लेनदेन तथा ठगी मुद्दा दर्ता भएको हो ।

सामुदायिक बैठक,पंचायत, स्थानिय प्रहरी चौकी तथा पारिवारिक छलफलमा पनि नमानेपछि आफु अदालती प्रक्रियामा गएको उनि बताएका हुन्।

यता, राजिवकी आमा पनि आफ्नो आफ्नो दाईनै छोरासँग ठगी गरेको कुरा सत्य रहेको स्पष्ट पार्दै दुःख समेत व्यक्त गरिन्।

यसविषयमा आरोपित सिद्धार्थ बैंक जनकपुर शाखाका प्रबन्धक अजय कुमार यादवलाई प्रतिक्रिया लिनको लागि फोन गरेपछि उनले फोन उठाएर केही बोल्न मान्नुभएन।उनले भने, ‘तपाईंहरु आफ्नै मनले जे मन लाग्छ ,त्यो लेख्ने भनेर फोन काटेको थिए।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]