२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

आफ्नै मामाको छोराले विश्वासघात गरेपछि आमा-छोराको विचल्ली !

Logo
न्यूज मधेश प्रकाशित आइतबार, जेठ २७, २०८१

जनकपुरधाम। आफ्नै मामाको छोराले विश्वासघात र ठगी गरेको आरोपमा सिद्धार्थ बैंक जनकपुर शाखाका प्रबन्धक अजय कुमार यादव सहित तीन जनामाथि मुद्दा दायर भएको छ।

आफ्नो व्यावसायमा साझेदारी पार्टनर समेत रहेको बैंकका प्रबन्धक अजय कुमार यादवले आफु बैंकमै रहेकाले विभिन्न पार्टीलाइ पैसा दिनु पर्ने भन्दै छल गरि दस थान खाली चेक लिएर आफ्नो आफन्तको नाममा ९६ लाख रुपैयाँको चेक दिएको जानकारी पिडित राजीव कुमार यादवले पत्रकार सम्मेलन गरि जनाएका हुन्।

प्रबन्धक अजयको मनमा लोभ जागेपछि उनले सोही चेकहरू कब्जामा लिएर आफ्नै व्यवसायिक पार्टनर राजीवलाई ब्ल्याकमेलिङ गरेपछि मनमुटाव शुरु भएको जनाएका छन् ।

चेक दिएको व्यक्ति अभिनन्दन कुमार यादवसँग आफ्नो कुनै किसिमको सरोकार नरहेको राजीव यादवले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषामा लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर २ बस्ने राजीव यादवले सिद्धार्थ बैंक जनकपुरका प्रबन्धक अजय कुमार यादव, उनका बुवा विश्वनाथ यादव र उनका आफन्त सबैला नगरपालिका वडा नम्बर ९ बस्ने अभिनन्दन यादवमाथि विश्वासघात अनुचित लेनदेन गरेको भन्दै निवेदन दिएका थिए।

महोत्तरीको बर्दिबास स्थित संचालनमा रहेको जय बाबा ठाकुर वासिंग सेन्टरका संचालक समेत रहेका पिडित राजीव यादवसँग विश्वनाथ यादव, अजय कुमार यादव र अभिनन्दन यादवले साझेदारीमा काम गर्ने भनेर विश्वासमा लिएका थिए जसको कुनै किसिमको लिखित सम्झौता भने गरिएको थिएन्। लगानीको रुपमा वासिंग सेन्टरमा बैंक प्रबन्धक समेत रहेको अजय यादवले १३ लाख रुपैयाँ जति लगानी गरेका थिए ।

अजयले विश्वासमा पारेर विश्वासघात गरेको आरोपसहित उनीमाथि आपराधिक विश्वासघात,अनुचित लेनदेन तथा ठगी मुद्दा दर्ता भएको हो ।

सामुदायिक बैठक,पंचायत, स्थानिय प्रहरी चौकी तथा पारिवारिक छलफलमा पनि नमानेपछि आफु अदालती प्रक्रियामा गएको उनि बताएका हुन्।

यता, राजिवकी आमा पनि आफ्नो आफ्नो दाईनै छोरासँग ठगी गरेको कुरा सत्य रहेको स्पष्ट पार्दै दुःख समेत व्यक्त गरिन्।

यसविषयमा आरोपित सिद्धार्थ बैंक जनकपुर शाखाका प्रबन्धक अजय कुमार यादवलाई प्रतिक्रिया लिनको लागि फोन गरेपछि उनले फोन उठाएर केही बोल्न मान्नुभएन।उनले भने, ‘तपाईंहरु आफ्नै मनले जे मन लाग्छ ,त्यो लेख्ने भनेर फोन काटेको थिए।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]