१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

मुख्यमन्त्री प्रकरणमा भ्रम सिर्जना गरियो : उपाध्यक्ष कुशवाहा

Logo
न्यूज मधेश प्रकाशित आइतबार, जेठ २७, २०८१

जनकपुरधाम ।जनमत पार्टीका उपाध्यक्ष इन्जिनियर वसन्त कुशवाहाले मधेश प्रदेशमा मुख्यमन्त्रीको चयन सम्बन्धमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका अधिकांश तर्क र समाचार भ्रमपूर्ण रहेको बताएका छन् ।

उनले सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीले मुख्यमन्त्री सम्बन्धी निर्णय जेठ २४ गते बिहीबार बिहान ९ बजे गरेको दाबी गर्दै त्यसअघि आएका मुख्यमन्त्रीबारेका समाचार र प्रचारबाजी केवल आकलन, सम्भावना वा अनुमानमात्र रहेको प्रस्ट्याए ।

मधेश प्रदेशमा नयाँ गठबन्धन सरकारका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेपछि जनमत पार्टीले बिहीबार पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिँहलाई अघि सारेको थियो ।

पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने अपेक्षा गरिएका बेला जनमत पार्टीको सो निर्णय अप्रत्याशित, स्तब्धकारी र द्वेषपूर्ण भएको टिप्पणी सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले गरेका थिए । केही सञ्चारमाध्यमले भने आसन्न गठबन्धन सरकारको नेतृत्व जनमत पार्टीले लिने तय भइसकेपछि नै सिँहलाई मुख्यमन्त्री बनाउने निर्णय पार्टीले गरिसकेको तर त्यसलाई गोप्य राखिएको लेखेका थिए ।

पार्टी संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नबनाइएकाले पार्टीभित्र उनका पक्षधरले विद्रोह गर्ने समेत अनुमान गरिएको थियो । यस्तो अनुमान गर्नेमा बहुसँख्यक जनता समाजवादी पार्टी नेपालका कार्यकर्ता, शुभेच्छुक र समर्थक थिए ।
मुख्यमन्त्रीमा नाउँ प्रस्तावित नगरिँदा चित्त कुँडाएका यादवले भने संसदीय दलका नेताका रूपमा सरकार गठन प्रक्रियामा अन्य दलसँग सक्रिय साझेदारी गरेका थिए ।

पार्टी उपाध्यक्ष कुशवाहाले पार्टीभित्र संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतकलगायत अन्य पदाधिकारी हुनु भनेको दलको प्रशासनिक कार्य, समन्वय र पार्टीको कार्य गर्ने भएको भन्दै ती पदमा आसिन हँुदैमा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री आदि हुने नभएको बताए । उनले संसदीय दलका नेता नै मुख्यमन्त्री हुनुपर्ने कारण नभएको बताए ।

उनले अहिलेको मुख्यमन्त्री चयन प्रकिया बिलकुल फरक तरिकाले भएको बताउँदै यसलाई अन्य मापदण्डमा तुलना गर्न नहुने जिकिर गरे । उनले भने, ‘यस सन्दर्भमा अरू पार्टीसँग तुलना गर्नु नै भ्रम सिर्जना गर्नु हो ।’

जनमत पार्टी परिणामउन्मुख पार्टी भएको दाबी गर्दै उपाध्यक्ष कुशवाहाले अरूलाई ७ वर्षसम्म हेरिसकेको अवस्थामा जनमत पार्टीलाई कम से कम ७ महिनासम्म हेर्न आग्रह गरे ।

उनले पार्टीले निर्णय गर्दा पार्टीभित्रका वरीयता र पार्टीका आधार हेर्ने गरेको उल्लेख गरे । जनमत पार्टीको मधेश प्रदेशमा १३ प्रदेशसभा सदस्य छन् ।

उपाध्यक्ष कुशवाहाका अनुसार मधेश प्रदेशमा पार्टीका प्रदेशसभा सदस्यमध्ये वरीयताक्रममा वसन्त कुशवाहा (राष्ट्रिय उपाध्यक्ष), चन्दन सिंह (राष्ट्रिय महासचिव), संजय यादव, शम्भु साह (केन्द्रीय सदस्य), महेश यादव (दलका नेता, प्रदेश समिति सदस्य) र बाँकी प्रदेश समिति सदस्यहरू छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]