१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

विद्यालयको जग्गा खाली गराउन मेयर यादवलाई बुझाए ध्यानाकर्षण पत्र

Logo
न्यूज मधेश प्रकाशित सोमबार, जेठ २८, २०८१

जनकपुरधाम ।धनुषाको कमला नगरपालिका-३ लगमामा रहेको राष्ट्रिय प्राथमिक विद्यालयको अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै मेयर बिशेश्वर यादवलाई ध्यानाकर्षण गराएको छ।

अतिक्रमणमा परेका जग्गा खाली गराउन माग गर्दै जनमत पार्टी मधेश प्रदेस सदस्य दिपेन्द्र तेथवारसहित पार्टीका नेताकार्यकर्ताहरुले कमला नगरपालिकाका मेयर विशेश्वर यादवलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

नेता तेथवारले मेयर यादवलाई ध्यानाकर्षण पत्र बुझाएपछि न्यूजमधेशसंग कुरा गर्दै उनले भने, ‘स्थानीय तहको निर्वाचन सम्पन्न भएको करिब दुई वर्ष भएको छ।तर,यो अवधिमा विद्यालयको अतिक्रमणमा परेका जग्गा खाली गराउन पटकपटक मेयर ज्यूलाई ध्यानाकर्षण गराएको सुनाए।’

विद्यालयको जग्गा असार १५ गतेसम्म खाली गराउनको लागि समय दिएको छ।यो अवधि भित्र खाली नभए आन्दोलनमा जाने नेता दिपेन्द्र तेथवारले मेयर यादवलाई चेतावनीसमेत दिएको छ।

मेयर विशेश्वर यादवलाई पटकपटक ध्यानाकर्षण पत्र बुझाएपनि विद्यालयको अतिक्रमणमा परेका जग्गा खाली गराउन अहिलेसम्म कुनै सुनवाइ नभएको स्थानीयहरुले बताउँछ ।

सार्वजनिक सम्पति सवैको साझा सम्पति हो भन्ने मूल्य मान्यतालाई स्वीकार गर्दै राष्ट्र र राष्ट्रियतालाई सर्वोपरी ठानेर अतिक्रमणमा परेको विद्यालयको १ बिघा २ कट्ठा १६ धुर जग्गा अतिक्रमणमा परेको छ। सो जग्गा खाली गराउन सबैको धर्म रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]