२८ मंसिर २०८२, आइतबार
14-12-2025 , Sun
×

वडादशैंको आज दोस्रो दिन माता ब्रह्मचारिणीको पुजा

Logo
प्रकाशित सोमबार, आश्विन १३, २०७६

जनकपुरधाम । वडादशैंको आज दोस्रो दिन माता ब्रह्मचारिणी स्वरूप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ । आश्विन शुक्ल द्वितीयाको दिन अर्थात् असोज १३ गते आजकै दिन माता ब्रह्मचारिणीको विधिपूर्वक पूजा गरिन्छ । ब्रह्माको अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ । ब्रह्मचारिणी देवीले शिरमा अर्थचन्द र नाना प्रकारका आभुषण धारण गर्नुभएको छ भने दाहिने हातमा जपको माला र बायाँ हातमा कमण्डलु लिनुभएको छ ।

पूर्वजन्ममा हिमालय पर्वतको पुत्री शैलपुत्रीको रूपमा प्रकट भई देवर्षी नारदको उपदेशले भगवान महादेव स्वामी पाउँ भनी अत्यन्त कठिन तपस्या गर्नुभएको थियो । कठोर तपस्या गरेकै कारण तपस्याचारिणी अर्थात ब्रह्मचारिणी नाम रहन गयो । एक हजार वर्ष फलफूल मात्र खाएर तपस्या गर्नुभयो भने सयौँ वर्ष मात्र साग खाएर जीवन निर्वाह गर्नुभएको थियो । खुला आकाशमुनि घामपानी सहेर निराहार कठोर तपस्या गर्नुभयो ।

तीन हजार वर्षसम्म सुकेर जमिनमा झरेको बेलपत्र खाएर श्री महादेव स्वामी पाऊँ भनी कठोर तपस्या गर्न लाग्नुभयो । त्यसपछि सुकेको बेलपत्र पनि खान छाड्नु भयो । कैयौँ हजार वर्षको तपस्याका कारण शरीर कमजोर हुन थाल्यो । ब्रह्मचारिणीको यो कठोर तपास्या देखी उनकी माता मेनका चिन्तित भइन् । माता मेनकाले यस्तो कठोर तपस्या तोड्नका निम्ति पटक पटक आग्रह गर्दा पनि निरन्तर तपस्या गरिरहिन् ।

ब्रह्मचारिणीको कठोर तपस्याका कारण तिनै लोकमा हाहाकार मच्चियो । देवता, ऋषि, सिद्धगण, मुनिहरू सबैले उनको तपस्याको चर्चा परिचर्चा गर्न थाले । अन्ततः पितामह ब्रह्मा प्रशन्न भई भन्नुभयो– हे देवी आजसम्म कसैले पनि यस्तो कठोर तपस्या गरेका थिएनन् । तिम्रो मनोकामना पूर्ति हुनेछ र चाँडै नै भगवान श्रीमहादेव पतिको रूपमा तिमीले पाउनेछौ भनी ब्रह्मा अन्तध्र्यान हुनुभयो ।

तप, त्याग, वैराग्य, सदाचार र संयमको वृद्धिको लागि ब्रह्मचारिणीको साधना गरिन्छ । माता दुर्गाजीको यस्तो विग्रह भक्तहरूलाई अनन्त शुभफल मिल्नेछ । नवरात्रको दोस्रो दिन द्वितीया तिथि ब्रह्मचारिणी देवीलाई समर्पित छ । आश्विन शुक्ल द्वितीयाको दिन ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य सुख मिल्नेछ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रह्मचारिणीलाई श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् । कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि सख्खर चढाई आश्विन शुक्ल द्वितीयाको दिन अर्थात् आजकै दिन ब्रह्मचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने बताइएको छ ।

ब्रह्मचारिणी देवीको पूजाविधि यस प्रकार रहेको छ ।

देवी ब्रह्मचारिणीको पूजामा फूल, अक्षत, रोली, चन्दनले पूजा गर्नुपर्दछ । दूध, दही, सख्खर, घृत, वा मधुले स्नान गरी प्रसाद चढाउनु पर्छ । प्रसादपश्चात आचमन र फेरि पान, सुपारी भेटी दिनुपर्छ । देवीलाई प्रदक्षिणा गर्नुपर्छ । कलश देवता पूजापछि यही प्रकारका नवग्रह, दश दिक्पाल, नगर देवता, ग्राम देवताको पनि पूजा गर्नुपर्छ । देवीको पूजा गरिसकेपछि हातमा फूल लिएर प्राथना गर्नुपर्छ ।

ब्रह्मचारिणी मन्त्र :

या देवी सर्वभूतेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता ।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।

दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू ।

देवी प्रसीदतु मई ब्रह्मचारिण्यनुत्तमा ।।

ब्रह्मचारिणी ध्यान :

वन्दे वांछित लाभायचन्द्रार्घकृतशेखराम् ।

जपमालाकमण्डलु धराब्रह्मचारिणी शुभाम् ।।

गौरवर्णा स्वाधिष्ठानस्थिता द्वितीय दुर्गा त्रिनेत्राम ।

धवल परिधाना ब्रह्मरूपा पुष्पालंकार भूषिताम् ।।

परम वंदना पल्लवराधरां कांत कपोला पीन ।

पयोधराम् कमनीया लावणयं स्मेरमुखी निम्ननाभि नितम्बनीम् ।।

ब्रह्मचारिणी स्तोत्र पाठ :

तपश्चारिणी त्वंहि तापत्रय निवारणीम् ।

ब्रह्मरूपधरा ब्रह्मचारिणी प्रणमाम्यहम् ।।

शंकरप्रिया त्वंहि भुक्ति मुक्ति दायिनी ।

शान्तिदा ज्ञानदा ब्रह्मचारिणीप्रणमाम्यहम् ।।

ब्रह्मचारिणी कवच :

त्रिपुरा में हृदयं पातु ललाटे पातु शंकरभामिनी ।

अर्पण सदापातु नेत्रो, अर्धरी च कपोलो ।।

पंचदशी कण्ठे पातुमध्यदेशे पातुमहेश्वरी ।।

षोडशी सदापातु नाभो गृहो च पादयो ।

अंग प्रत्यंग सतत पातु ब्रह्मचारिणी ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]