०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

वीरगन्जमा भेटियो युवकको शव

Logo
न्यूज मधेश प्रकाशित सोमबार, जेठ २८, २०८१

वीरगन्ज । पर्साको वीरगन्जमा एक युवकको शव फेला परेको छ।

वीरगन्ज महानगरपालिका- १६ शंकराचार्य गेटस्थित खुला चौरमा एकजना युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

युवकको हत्या भएको आशंका प्रहरीले गरेको छ। उनको अनुहारमा रगत देखिएको छ।

आइतबार साँझतिर खुला चौरमा एक जना व्यक्ति मृत फेला परेको सूचना प्रहरीलाई पुगेको थियो। प्रहरीले शव पोस्ट मार्टमका लागि अस्पतालमा लगेको छ।

मृतक युवक झण्डै ३० वर्षका छन्। कालो रंगको सर्ट, निलो टिसर्ट, कालो जिन्स पाइन्ट र खैरो रंगको जुत्ता लगाएका उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]