०८ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

मधेशका मुख्यमन्त्री सिंहलाई जनमतका नेताकार्यकर्ताले गरे सम्मान

Logo
न्यूज मधेश प्रकाशित सोमबार, जेठ २८, २०८१

जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई जनमत पार्टी धनुषा-२ का नेताकार्यकर्ताहरुले सम्मान गरेको छ।

सोमबार जनकपुरधामस्थित रहेको जनमत पार्टीको सचिवालयमा आयोजित भेटघाट कार्यक्रममा मुख्यमन्त्री सिंहलाई स्वागत तथा सम्मान गरेका हुन।

पार्टीका नेता तथा गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितीका सल्लाहकार दिनेश साहुको अध्यक्षतामा भएको मुख्यमन्त्री सिंहसंग भेटघाट तथा सम्मान कार्यक्रममा पार्टीका नेताकार्यकर्ताहरुले फुलमाला खादा र दोसल्ला ओढाएर सम्मान गरेको छ।

उक्त कार्यक्रम पार्टीका राष्ट्रिय परिषदका केन्द्रिय सदस्य जयनारायण साह,आन्दोलनकारी समितिको केन्द्रिय संयोजक रामशंकर महाशेठ,प्रदेश सदस्य दिपेन्द्र तेथवार,रामपुकार यादवलगाइतका पार्टीका नेताकार्यकर्ताहरुको उपस्तिथि रहेको थिए।

सो कार्यक्रममा मुख्यमन्त्री सिंहले सम्मान गर्नुभएको सबैलाई धन्यवाद व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]