२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

महोत्तरीमा गोली चल्यो, एक युवक घाइते

Logo
न्यूज मधेश प्रकाशित सोमबार, जेठ २८, २०८१

महोत्तरी । महोत्तरीमा एक युवकमाथि गोली प्रहार भएको छ । सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले युवकमाथि गोली प्रहार गरेको गरेको हो ।

गोली प्रहारबाट गौशाला ११ निवासी विनय महतो घाइते भएको महोत्तरी प्रहरी प्रवक्ता सन्तु जैसवालले जानकारी दिए।

महतोको कम्मरमुनि एक राउण्ड गोली प्रहार भएको र उनलाई उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।

सुनको सिक्री लुट्नका लागि गोली प्रहार भएको बताइएको छ। गोली प्रहार गर्ने समूहले सिक्री लुटेर लगेको बताइएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]