२९ चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

पर्यटन नीतिः घुमौं मधेश–बुझौं मधेश

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, जेठ २९, २०८१

जनकपुरधाम । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१÷०८२ मा घुमौ मधेश–बुझौ मधेश कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

सरकारको तर्फबाट मंगलबार साँझ मधेश प्रदेशसभा बैठकमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पर्यटन प्रबद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।

मधेशमा पर्यटन प्रबद्र्धनका लागि पर्यटन बोर्ड गठनदेखि जयनगरबाट रेल चढेर आउने पर्यटकलाई एकैठाउँमा बस्ने व्यवस्था हुनेगरी धर्मशाला निर्माणसम्मको योजनालाई प्राथमिकतामा राखिएको नीति सरकारको छ ।

‘भारतीय नाकामा भारतबाट आउने पर्यटकलाई थप आकर्षित गर्नका लागि विश्रामस्थल निर्माणगरी प्रदेशमा घुम्ने स्थानहरुको वारेमा जानकारी सहितको नक्सा र सहज रुपमा सीमकार्डको व्यवस्था लगायत कार्य गरिनेछ’ प्रदेश प्रमुख भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘राजमार्ग क्षेत्रमा क्यासिनो र ग्रामिण क्षेत्रमा होमस्टेको प्रबन्ध गरिनेछ ।’

मिथिला क्षेत्रमा धार्मिक तथा साँस्कृतिक पर्यटन, ग्रामिण भेगमा ग्रामिण पर्यटन, नदी तथा वन क्षेत्रमा साहसिक पर्यटन र राजमार्ग क्षेत्रमा मनोरञ्जनात्मक पर्यटनका कार्यक्रमहरु सञ्चालन गरिने नीति सरकारको छ ।

त्यस्तै, रुपनीमा केवुलकार सञ्चालन गर्नेदेखि लिएर अन्तर्राष्ट्रिय वैवाहिक स्थलको रुपमा विकास गरी सामुहिक विवाहका कार्यक्रम सञ्चालन गर्न सरकारले अनुदानको व्यवस्था गर्ने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]