०१ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
×

मधेशका मुख्यमन्त्री संहको आश्वासन पछि संशोधन प्रस्ताव फिर्ता

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, जेठ ३१, २०८१

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री सतीश सिंहले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको विहीबार जवाफ दिएका छन् ।

जवाफ दिँदै मुख्यमन्त्री सिंहले सांसदको साकारात्मक आलोचना र सुझावलाई आत्मसात गरेर अगाडी बढ्ने आश्वासन दिएको हो ।

मुख्यमन्त्री सिंहले छुटेको योजनालाई समावेश पनि गर्ने बताए । नीति तथा कार्यक्रममा समय अभावको कारण धेरै बुंदा समावेश गर्न नसकिएको उनले प्रष्ट गरे । ‘समय पनि अभाव थियो । धेरै बुँदा राखेपछि छलफल गर्न पनि जटिल हुन्छ,’उनले भने,‘तर छलफलको क्रममा उठेको सुझाव र योजनालाई समावेश गर्नेछु ।’

मुख्यमन्त्री सिंहले आश्वासन दिएपछि सांसदहरुले नीति तथा कार्यक्रमाथि दार्ता गराएको संशोधन प्रस्ताव पनि फिर्ता लिएका थिए । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका सांसद वीरेन्द्र प्रसाद सिंह र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की सांसद रानी शर्माले संशोधन प्रस्ताव दार्ता गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

नेपालगञ्ज : सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय र द्वन्द्वपीडितको न्यायका सवालमा आज यहाँ आयोजना गरिएको अन्तरक्रियामा उहाँहरूले शान्ति प्रक्रिया टुङ्गोमा नलाग्दा वास्तविक पीडितले राहत, पुनःस्थापनालगायत सेवा पाउनबाट वञ्चित भएको बताउनुभएको छ । नेपालगञ्जकी द्वन्द्वपीडित […]