०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

मधेश सरकार: नीति तथा कार्यक्रम सर्वसहमतिले पारित

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, जेठ ३१, २०८१

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशसभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशसभाका सदस्यहरुले राख्नुभएको सुझावहरू बजेटमा समेट्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।

उहाँले मधेश प्रदेश सरकारले बोलेर होइन काम गरेर देखाउने पक्षमा रहेकाले काम गर्नका लागि सबैसँग सहयोगका लागि आग्रह समेत गर्नुभयो ।

यसअघि नीति तथा कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य विरेन्द्र प्रसाद सिंहले राख्नुभएको संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो ।

मुख्यमन्त्री सिंहले पारित गर्नका लागि प्रदेशसभामा पेश गर्नुभएको नीति तथा कार्यक्रमलाई उपसभामुख बबिता कुमारी राउत ईशरले निर्णायार्थ पेश गर्नुभयो ।

उक्त प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित भएको छ ।गत मङ्गलवार मधेश प्रदेशसभामा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]