०६ कार्तिक २०८२, बिहिबार
23-10-2025 , Thu
×

मधेश सरकार: नीति तथा कार्यक्रम सर्वसहमतिले पारित

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, जेठ ३१, २०८१

जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशसभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशसभाका सदस्यहरुले राख्नुभएको सुझावहरू बजेटमा समेट्ने प्रतिबद्धता प्रकट गर्नुभयो ।

उहाँले मधेश प्रदेश सरकारले बोलेर होइन काम गरेर देखाउने पक्षमा रहेकाले काम गर्नका लागि सबैसँग सहयोगका लागि आग्रह समेत गर्नुभयो ।

यसअघि नीति तथा कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य विरेन्द्र प्रसाद सिंहले राख्नुभएको संशोधन प्रस्ताव फिर्ता लिनुभएको थियो ।

मुख्यमन्त्री सिंहले पारित गर्नका लागि प्रदेशसभामा पेश गर्नुभएको नीति तथा कार्यक्रमलाई उपसभामुख बबिता कुमारी राउत ईशरले निर्णायार्थ पेश गर्नुभयो ।

उक्त प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित भएको छ ।गत मङ्गलवार मधेश प्रदेशसभामा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सरकारको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]