१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

मधेशका मुख्यमन्त्री सिंह भन्छन्- प्रदेशबासी अब संघीयताको अनुभूति गर्छन्

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ ३२, २०८१

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अब प्रदेशबाबी संघीयताको महसुस गर्ने बताएका छन् ।

शुक्रबार मधेश भवनस्थित मुख्यमन्त्री निवासमा पुगेर नेपाल मधेशी निजामती कर्मचारी मंचका केन्द्रीय अध्यक्ष भुवनेश्वर चौधरीसहित पदाधिकारीहरु मधेश प्रदेशका मुख्यमन्त्री सिंहले मंचको तर्फबाट बधाई तथा सफल कार्यकाल शुभकामना व्यक्त गरेका हुन् ।

त्यसपछि मुख्यमन्त्री सिंहले मंचका पदाधिकारीहरुसंग छलफल गर्दै उनले भने, ‘विगतको गलत प्रवृत्ति अब समाप्त हुन्छ । अब संघीयताको महसुस हुनेगरी काम गर्छौं ।’

मुख्यमन्त्री सिंले संघीयताको कार्यान्वयन गराउन जनप्रतिनिधि र कर्मचारीहरुको अहम भूमिका हुनुपर्नेमा जोड दिए । ‘अहिले संघीयताप्रति नकारात्मक सन्देश फैलिरहेको भन्दै संघीयता कार्यान्वयन गराउन जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरू सजग रहनुपर्छ,’ उनले भने ।

मुख्यमन्त्री सिंहले भ्रष्टाचार बढेपछि संघीयताप्रति नकारात्मक टिकाटिप्पणी भइरहेकाले सुशासनको प्रत्याभूति गराउन कुनै कसर बाँकी रहन नदिने बताए । उनले राष्ट्रसेवक कर्मचारीहरुले जनताको काम सहज तरिकाले र समयमै गर्नुपर्नेमा जोड दिए ‌।

उक्त छलफलमा नेपाल मधेशी निजामती कर्मचारी मंचका केन्द्रिय अध्यक्ष भुवनेश्वर चौधरी ,उपाध्यक्ष लालबाबु यादव र सचीव अनिल साहसहित मंचका पदाधिकारीहरुले प्रदेश निजामती कर्मचारी एनसहित मधेश प्रदेशका विभिन्न विषय बस्तुहरुमा छ्लफल भएको मंचका महासचिव बेचन कुमार महतो बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]