०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

मधेशका मुख्यमन्त्री सिंह भन्छन्- प्रदेशबासी अब संघीयताको अनुभूति गर्छन्

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ ३२, २०८१

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अब प्रदेशबाबी संघीयताको महसुस गर्ने बताएका छन् ।

शुक्रबार मधेश भवनस्थित मुख्यमन्त्री निवासमा पुगेर नेपाल मधेशी निजामती कर्मचारी मंचका केन्द्रीय अध्यक्ष भुवनेश्वर चौधरीसहित पदाधिकारीहरु मधेश प्रदेशका मुख्यमन्त्री सिंहले मंचको तर्फबाट बधाई तथा सफल कार्यकाल शुभकामना व्यक्त गरेका हुन् ।

त्यसपछि मुख्यमन्त्री सिंहले मंचका पदाधिकारीहरुसंग छलफल गर्दै उनले भने, ‘विगतको गलत प्रवृत्ति अब समाप्त हुन्छ । अब संघीयताको महसुस हुनेगरी काम गर्छौं ।’

मुख्यमन्त्री सिंले संघीयताको कार्यान्वयन गराउन जनप्रतिनिधि र कर्मचारीहरुको अहम भूमिका हुनुपर्नेमा जोड दिए । ‘अहिले संघीयताप्रति नकारात्मक सन्देश फैलिरहेको भन्दै संघीयता कार्यान्वयन गराउन जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरू सजग रहनुपर्छ,’ उनले भने ।

मुख्यमन्त्री सिंहले भ्रष्टाचार बढेपछि संघीयताप्रति नकारात्मक टिकाटिप्पणी भइरहेकाले सुशासनको प्रत्याभूति गराउन कुनै कसर बाँकी रहन नदिने बताए । उनले राष्ट्रसेवक कर्मचारीहरुले जनताको काम सहज तरिकाले र समयमै गर्नुपर्नेमा जोड दिए ‌।

उक्त छलफलमा नेपाल मधेशी निजामती कर्मचारी मंचका केन्द्रिय अध्यक्ष भुवनेश्वर चौधरी ,उपाध्यक्ष लालबाबु यादव र सचीव अनिल साहसहित मंचका पदाधिकारीहरुले प्रदेश निजामती कर्मचारी एनसहित मधेश प्रदेशका विभिन्न विषय बस्तुहरुमा छ्लफल भएको मंचका महासचिव बेचन कुमार महतो बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]