१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

रौतहट प्रहरीद्वारा २७ लाख बढीको अवैध सामान बरामद

Logo
न्यूजमधेश प्रकाशित शनिबार, आषाढ ०१, २०८१

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका इकाईहरूले २७ लाख रुपैयाँ भन्दा बढीको विभिन्न प्रकारको अवैध सामान बरामद गरेको छ।

जेठ १ गते देखि बिहीबार ३१ गतेसम्म जिल्लाको विभिन्न नाकाबाट तस्करहरूले भन्सार छलेर भित्र्याएको उक्त सामान बरामद गरेको हो।

१४ लाख ३७ हजार,४९२ रुपैयाँको लता कपडा,८ लाख ५५८८ बराबरको खाद्यान्न, नगद स्रोत नखुलेको ४ लाख ९६० ,३५ हजार ४१२ को चाँदी, र १५ हजार बराबरको पशु चौपाया गरी २६ लाख ९४ हजार ४६१ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

बरामद सामान आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]