१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

रौतहट प्रहरीद्वारा २७ लाख बढीको अवैध सामान बरामद

Logo
न्यूजमधेश प्रकाशित शनिबार, आषाढ ०१, २०८१

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका इकाईहरूले २७ लाख रुपैयाँ भन्दा बढीको विभिन्न प्रकारको अवैध सामान बरामद गरेको छ।

जेठ १ गते देखि बिहीबार ३१ गतेसम्म जिल्लाको विभिन्न नाकाबाट तस्करहरूले भन्सार छलेर भित्र्याएको उक्त सामान बरामद गरेको हो।

१४ लाख ३७ हजार,४९२ रुपैयाँको लता कपडा,८ लाख ५५८८ बराबरको खाद्यान्न, नगद स्रोत नखुलेको ४ लाख ९६० ,३५ हजार ४१२ को चाँदी, र १५ हजार बराबरको पशु चौपाया गरी २६ लाख ९४ हजार ४६१ रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

बरामद सामान आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]