१५ पुष २०८२, बुधबार
31-12-2025 , Wed
×

कमलामा अवैध दोहन : तीन टिपर नियन्त्रणमा

Logo
विनय आजाद प्रकाशित शुक्रबार, जेठ ३२, २०८१

सिरहा । सिरहास्थित कमला खोलामा नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन गरी ओसारिरहेका तीन वटा टिपर नियन्त्रणमा लिइएको छ । सबडिभिजन वन कार्यालय, बन्दिपुरले शुक्रबार राति साढे १२ बजेको समयमा तीन टिपरलाई नियन्त्रणमा लिएको हो ।

कमलामा उत्खनन पूर्ण रूपमा निषेध भएको अवस्थामा वातावरणीय प्रभावसमेत मूल्याकंन नभएको स्थानबाट नदिजन्य पदार्थ उत्खनन गरी ल्याइरहेको अवस्थामा तीन टिपरलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय, लहानका प्रमुख सुजित कुमार झाले बताए ।

झाका अनुसार, अवैध पुर्जीसहित उनीहरू कमलामा उत्खनन गरिरहेका थिए । नियन्त्रणमा लिइएका तीनै टिपर अहिले सबडिभिजन वन कार्यालय, बन्दिपुरमा राखेर अनुसन्धान भइरहेको वनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]