१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

कमलामा अवैध दोहन : तीन टिपर नियन्त्रणमा

Logo
विनय आजाद प्रकाशित शुक्रबार, जेठ ३२, २०८१

सिरहा । सिरहास्थित कमला खोलामा नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन गरी ओसारिरहेका तीन वटा टिपर नियन्त्रणमा लिइएको छ । सबडिभिजन वन कार्यालय, बन्दिपुरले शुक्रबार राति साढे १२ बजेको समयमा तीन टिपरलाई नियन्त्रणमा लिएको हो ।

कमलामा उत्खनन पूर्ण रूपमा निषेध भएको अवस्थामा वातावरणीय प्रभावसमेत मूल्याकंन नभएको स्थानबाट नदिजन्य पदार्थ उत्खनन गरी ल्याइरहेको अवस्थामा तीन टिपरलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय, लहानका प्रमुख सुजित कुमार झाले बताए ।

झाका अनुसार, अवैध पुर्जीसहित उनीहरू कमलामा उत्खनन गरिरहेका थिए । नियन्त्रणमा लिइएका तीनै टिपर अहिले सबडिभिजन वन कार्यालय, बन्दिपुरमा राखेर अनुसन्धान भइरहेको वनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]