०१ साउन २०८२, बिहिबार
17-07-2025 , Thu
×

प्रदेशस्तरीय सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ ३२, २०८१

जनकपुरधाम। सहयात्रा परियोजनाको प्रदेश स्तरीय सिकाई तथा अनुभव आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । शिक्षा सुधारको लागि संचालन गरिएको सो परियोजनाले शुक्रवार सबै सरोकारवाला पक्षलाई राखेर गरेको कामहरुको विषयमा अनुभव आदनप्रपादन गरेको छ ।

कार्यक्रममा बोल्दै शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव महेन्द्र महतोले परियोजना लागु भएपछि विद्यालयमा शिक्षामा सुधार देखिएको जानकारी दिए । गुणस्तरिय शिक्षा विद्यार्थी र शिक्षकहरुको टिकाईमा निर्भर रहेको बताउदै उनले टिकाई भएको खण्डमा मात्रै यसले विद्यार्थीहरुको गुणीस्तरीयतामा सुधार ल्याउने बताए ।

शिक्षक तालिम केन्द्र बारा प्रमुख ठुलोबाबु दाहालले विद्यार्थीहरुको विद्यालयसम्म पु¥याउन र उनिहरुलाई टिकाएर गुणस्तरीय सेवा दिनुपर्ने आवश्यकता रहेको बताए । दाहालले अहिले सबै वर्ग र समुदायहरुलाई शिक्षामा सहज पहुचको आवश्यकता रहेको बताउदै यसको लागि शिक्षा क्षेत्रमा देखिएको चुनौतीहरुलाई समाधानको लागि परियोजनाले महत्वपुर्ण भुमिका खेलेको बताए ।

शिक्षा क्षेत्रमा सुधार कुनै एक व्यक्तिबाट मात्रै सम्भवव नरहेको बताउदै उनले यसको लागि सहयोगी हातहरुको समेत खाँचो रहेको बताए ।

परियोजनाले विद्यालयमा विद्यार्थीहरुलाई ल्याउनको लागि निर्माण गरेको ठुलो दीदिले अहिलेपनि गाउ घरमा महिला र पुरुष बिचमा भिवेद रहेको बताउदै कतिपय बालिकाहरुलाई महिनावारी हुदा समेत उनिहरुले विद्यालयमा सहज वातावरण नपाएको कारणले जान समस्या भईरहेको बताउदै यसलाई स्थानिय तह र विद्यालयको सहयोगमा सहज बनाइएको जानकारी दिइन । उनले सानैमा विवाह गरिने परिपाटीमा समेत कमी आएको र कहितपय ठाउँमा वालविवाहको घटनाहरुलाई समेत रोकेको बताइन् ।

कार्यक्रममा भीएसओका कार्यक्रम प्रमुख शिखा श्रेष्ठले अति सिमान्तकृत समुदायका व्यक्तिहरुलाई समेत गुणस्तरीय शिक्षामा पहुँच बढाउनको लागि परियोजनाले बल पु¥याएको बताइन् । उनले विद्यालय समुदाय र समाज सँग सहकार्य गरेर कार्यक्रम गरिरहेको जानकारी दिइन् ।

युरोपियन युनियनको आर्थिक सहयोगमा भीएसओ, राष्ट्रिय शिक्षा अभियान नेपाल, प्रेरणा र जन जागरण युवा क्लबको संयुक्त प्रयासमा बारा, रौतहट, पर्सा र सर्लाही जिल्लाका अति सीमान्तकृत र अपाङ्गता भएका बालिकाहरुको गुणस्तरीय शिक्षामा पहुँच अभिवृिद्ध गर्न तथा शिक्षामा सुशासन अभिवृद्धिका लागि नागरिक समाजको भूमिका सबल बनाउने उद्देश्यका साथ ूसहयात्रा परियोजना नेपाल सरकार, प्रादेशिक र स्थानीय सरकारसँगको सहकार्य तथा समन्वयमा कार्यान्वयन भएको थियो ।

बारा र रौतहट जिल्लामा २० विद्यालयहरु चार तहमा कार्यहरु संचालन भए भने पर्सा र सर्लाहीमा पालिका तथा नागरिक समाज तहमा हुने कार्यक्रमहरु मात्र भएका थिए ।

कार्यक्रममा सिकाइ परियोजनाबाट लाभान्वित भएका बालबालिकाहरूले सिकाइ परियोजनाको कारणले गर्दा नै विद्यालय गएर अध्ययन गर्न पाइएकोमा अत्यन्तै हर्ष व्यक्त गर्नुभयो भने सिकाइ परियोजनाका प्रमुख सरोकारवाला निकायका प्रतिनिधिहरूले कार्यक्रमको सफलता तथा उपलव्धी बारे प्रकाश पारेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]