१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

मधेश प्रदेशमा कृषि विद्युतीकरण कार्य अगाडि बढाउन छलफल

Logo
न्यूज मधेश प्रकाशित आइतबार, आषाढ ०२, २०८१

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका आठवटै जिल्लामा कृषि विद्युतीकरणको काम अगाडि बढाउन छलफल सुरु गर्नुभएको छ ।

उहाँले आज नेपाल विद्युत् प्राधिकरणका मधेस प्रदेश प्रमुख मोनिन्द्र ठाकुरलगायतसँग यस विषयमा छलफल गर्नुभएको हो । किसानलाई सिँचाइको सुविधा सहज बनाउन खेतमा विद्युत् पु¥याउने लक्ष्यअनुरुप मुख्यमन्त्री सिंहले छलफल अगाडि बढाउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा पनि कृषि विद्युतीकरणलाई प्रदेशको गौरवको परियोजनाको रूपमा समावेश गरिएको छ । आठवटै जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा विद्युतीकरणका लागि रु एक करोड विनियोजन गरिएका बारे मुख्यमन्त्रीले जानकारीसमेत गराउनुभएको विद्युत् प्राधिकरणका मधेस प्रदेश प्रमुख ठाकुरले बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्यमन्त्रीले किसानका लागि कृषि विद्युतीकरणको कार्य कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राय लिनुभयो । पुराना अव्यवस्थित तार र संरचनालाई व्यवस्थापन गर्न पनि ध्यानाकर्षण गराउनुभएको छ ।”

यसैगरी बिजुली बत्ती नपुगेका विपन्न बस्तीको तथ्याङ्क सङ्कलन गरी त्यहाँ विद्युत् पुगाउने विषयमा पनि छलफल भएको थियो । मुख्यमन्त्री सिंहले यहाँका विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराउन राखेको प्रस्तावमा प्राधिकरण सकारात्मक भएको प्रमुख ठाकुरले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]