०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

बसमा सवार २२ वर्षीय युवतीलाई सामुहिक बलात्कार गर्ने ४ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन १४, २०७६

इटहरी । बसमा सामूहिक जर्वरजस्ती करणी गरेको आरोपमा इटहरी प्रहरीले चार जनालाई पक्राउ गरेको छ। सोमबार राति ९.३० वजेको समयमा धरानवाट विराटनगर तर्फ छुटेको को १ ख ४६२७ नं. को वसमा सवार २२ वर्षीया युवतीलाईं इटहरीमा सामूहिक करणी गरेको आरोपमा प्रहरीले बसका स्टाफलाई पक्राउ गरेको हो।

जर्वरजस्ती करणीमा संलग्न मोरङ सुन्दरहरैँचा वडा नं. १२ का ३३ वर्षीय बस चालक बिकास कसाई, झापा सुरुङ्गा वडा नं. ४ का २२ वर्षीय सुरज थापा, सिरहाका २६ वर्षीय सुरेन्द भुजेल र बेलबारी वडा नं. ७ का आशिष कार्की पक्राउ परेका हुन्। घटनामा संलग्न रहेको आरोप लागेका बेलबारीका नितेश घिमिरे र सुमन मग्रान्ती फरार छन्।

बसका कन्डक्टर सुमन र पूराना कन्डक्टर नितेशले जर्वरजस्ती रक्सी समेत खुवाई युवतीलाई बसको पछाडिको सिटमा लगि बोल्न कराउन समेत नदिई सोही वसका स्टाफ तथा अन्य वसका स्टाफ मिलेर सामूहिक करणी गरेको इलाका प्रहरी कार्यालय इटहरीद्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। बसमा स्टाफबाहेक युवती मात्रै सवारी भएको मौका पारेर जर्वरजस्ती करणी भएको इटहरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जनाए। इटहरीको विराटलाइनमा रहेको साथी फूयँल पट्रोल पम्प नजिकै युवती बसबाट ओर्लन खोज्दा सामूहिक करणी भएको प्रहरीले जनायो।

प्रहरीले पाँच जनाले सामूहिक करणी गरेको र सो कार्य गर्न आशिषले सहयोग पुर्याएकोमा करणी सम्बन्धि कसूरमा अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]