१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता महतोले लिए शपथ

Logo
न्यूज मधेश प्रकाशित शनिबार, आषाढ ०१, २०८१

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतालेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आईतबार आयोजित समारोहमा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको उपस्थितीमा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेलबाट उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

शपथ लगत्तै महतोले पदबहाली गर्नुभएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको सिफारिसमा सबैला नगरपालिका ६ निवासी महतोलाई प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम गत बुधबार मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।

उहाँ लामो समयदेखि वकालत पेसामा आबद्ध हुनुहुन्छ ।

प्रदेशमा जसपा नेतृत्वको सरकार हटेपछि यसअघिका मुख्य न्यायक्तिवक्ता वीरेन्द्र ठाकुरले आफ्नो पदबाट राजिनामा दिनुभएको थियो । त्यसपछि रिक्त सो पदमा महतोलाई नियुक्त गरिएको छ ।

मुख्य न्यायधिवक्ताले प्रदेश सरकारको कानूनी सल्लाहकारको रुपमा काम गर्ने गर्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]