१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता महतोले लिए शपथ

Logo
न्यूज मधेश प्रकाशित शनिबार, आषाढ ०१, २०८१

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतालेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आईतबार आयोजित समारोहमा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको उपस्थितीमा उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेलबाट उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

शपथ लगत्तै महतोले पदबहाली गर्नुभएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको सिफारिसमा सबैला नगरपालिका ६ निवासी महतोलाई प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम गत बुधबार मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।

उहाँ लामो समयदेखि वकालत पेसामा आबद्ध हुनुहुन्छ ।

प्रदेशमा जसपा नेतृत्वको सरकार हटेपछि यसअघिका मुख्य न्यायक्तिवक्ता वीरेन्द्र ठाकुरले आफ्नो पदबाट राजिनामा दिनुभएको थियो । त्यसपछि रिक्त सो पदमा महतोलाई नियुक्त गरिएको छ ।

मुख्य न्यायधिवक्ताले प्रदेश सरकारको कानूनी सल्लाहकारको रुपमा काम गर्ने गर्छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]