१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास

Logo
न्यूज मधेश प्रकाशित आइतबार, आषाढ ०२, २०८१

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुस्लिम समुदायको महापर्व ईद-उल-अजहा (बक्र ईद) पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज विहान शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभयो । उहाँले बक्र ईदको अबसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम नेपालीमा सुख, शान्ति तथा समृद्धिको कामना गर्नुभएको छ ।

‘मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको यो पर्व आपसी रिस, राग द्वेषलाई विर्सेर भाइचारा र पारिवारिक मिलनको रुपमा मनाउने गरिन्छ,’ मुख्यमन्त्री सिंहले शुभकामना सन्देशमा भन्नु भएको छ, ‘इस्लाम धर्मावलम्बीहरुले मनाउने यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्नेछ ।’

सामाजिक संस्कृति, परम्परा, रितिरिवाज, जातजाति र भेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु- उहाँले उल्लेख गर्नु भएको छ ।

उहाँले बक्र ईद पर्वले सबै नेपालीहीहरुबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]