१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन डा. सीके राउतलाई ओलीको प्रस्ताव

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आषाढ ०३, २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई सरकारमा आउन प्रस्ताव पठाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिरहेको बेलामा ओलीले जनमत अध्यक्ष राउतलाई उक्त प्रस्ताव पठाएका हुन् ।

मधेशमा जनमतको नेतृत्वमा सरकार बनेपछि जनमत र नाउपालाई सरकारमा भित्र्याउने प्रधानमन्त्री प्रचण्डको प्रयास छ । यही गृहकार्य चलिरहेको बेलामा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमार्फत राउतलाई परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेका हुन् ।

जनमत र नाउपालाई सरकारमा समावेश गराउन एमाले र माओवादीबाट एक-एक जना मन्त्री फिर्ता बोलाउने तयारी छ । यद्यपि त्यसबारे कुनै निर्णय भएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई पर्यटन मन्त्रालय दिने वचन दिएको बताइएको छ । त्यसका लागि माओवादीबाट मन्त्री बनेका हितबहादुर तामाङलाई फिर्ता बोलाउने तयारी छ ।

एमालेले पनि एक मन्त्री फिर्ता बोलाउनुका साथै मन्त्रालयको साटफेर गरेर जानुपर्ने विषयमा छलफल चलाएको छ । यद्यपि एमालेले कसलाई फिर्ता बोलाउने भन्ने निर्णय गरेको छैन ।

यद्यपि बजेट पारित हुनुअघि आफूहरू सरकारमा सहभागी नहुने जनमतका अध्यक्ष राउतले बताए । उनले आफ्नो पार्टीलाई यही मन्त्रालय चाहिन्छ भनेर अहिलेसम्म नभनेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]