२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

बजेट दुरुपयोगको नमूना : नदीमा सार्वजनिक दलान

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आषाढ ०५, २०८१

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–४ सुुगामदुकरहि मुहार टोलमा नदीको मुहान मिचेर सार्वजनिक दलान निर्माण गरिएको सहजै देख्न सकिन्छ ।

त्यो दलान मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको १५ लाख रुपैयाँको बजेटबाट निर्माण गरिएको हो । उक्त दलान नदीको मुहानमै निर्माण गरिएको छ । जसको कुनै औचित्य छैन । यस निर्माण कार्यले सरासर बजेटको दुरुपयोग गरिएको जोकोहीले पनि सहजै अनुमान लगाउन सक्छन् ।

यस्ता दलान र मन्दिर निर्माणमा राज्यको ठूलो लगानी खर्च भएको पाइन्छ । स्थानीय पालिकाका वडा कार्यालयदेखि प्रदेश सरकारले समेत मन्दिर र दलान निर्माणमा लगानी गरेका छन् । अझ कतिपय मन्दिर र दलानमा त पहुँच हुनेले संघीय सरकारबाट समेत बजेट मिलाएका छन् । केही दलान र मन्दिर भने सम्बन्धित सरोकारवालाले चन्दा संकलनबाट निर्माण गरेको पाइएको छ ।

राज्यको लगानीमा निर्माण भएका यी मन्दिर र दलानहरु वर्षभरी प्रायः बन्द नै रहन्छन् । प्रदेश सरकारले मात्रै मन्दिर र दलानका नाममा बर्सेनी करोडौं रुपैयाँ भन्दा बढी खर्च गर्ने गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि करोडौं रकम मन्दिर र दलानका नाममा छुट्याएको छ । यसअघिका वर्षहरुमा समेत प्रदेश सरकारले मन्दिर र दलानका नाममा यही हाराहारीको रकम खर्च गरेको पाइएको छ ।

वडा कार्यालयदेखि प्रदेश सरकारले मन्दिर र दलानका नाममा खर्च गरेको अधिकांश रकम दुरुपयोग भएको छ । कतिपय मन्दिर नै नभएको ठाउँमा बजेट खर्च भएको पाइएको छ भने कतिपय स्थानमा बिना काम लाखौंको लगानीमा दलानहरु निर्माण गरिएका छन् ।

स्थानीय अरुण कुमार मण्डलले भने, ‘सुगामदुकरहि मुहार टोलमा नदीको मुहान मिचेर सार्वजनिक दलान निर्माण कार्य गरि नेपाल सरकारको बजेट दुरुपयोग गर्नुका साथै मानव अधिकारको हनन्समेत गरिएको छ । सार्वजनिक दलानका लागि अधिकांश ऐलानी जग्गाहरु रहेपनि नदीको मुहानमै दलान बनाउनु बजेटको दुरुपयोगबाहेक अरु केही होइन ।’

उनले त्यस ठाउँमा दलान निर्माण नगर्द अदालतबाट निषेधाज्ञा जारी भएपनि त्यसको बेवास्ता गर्दै उपभोक्ता समितिका अध्यक्ष प्ुरुषोत्तम मण्डलले मन्त्रालयका कर्मचारीसँगको मिलोमतो र कमिशनको खेलमा नदीको किनारमा अवैधानिक तवरले रातारात दलान निर्माण गरेको आरोपसमेत लगाए ।

सेही वडाका वडाध्यक्ष लालबाबु यादवले यस निर्माण कार्यले स्थानीयलाई कुनै सहज नहुने बरु उल्टै कृषी क्षेत्रलाई असर गर्ने दावी गरेका छन् ।

उनले माटो परिक्षण नै नगरि चोरबाटोबाट उपभोक्ता समिति बनाएर दलान निर्माण कार्यलाई मूर्त रुप दिइएको जिकिर गरेका छन् । उनले सरकारी बजेट हिनामिना गर्ने उदेश्य निर्माण कार्य गरिएको र यसका लागि वडालाई पनि कुनै सोधखोज नगरिएकोप्रति आक्रोश व्यक्त गर्दै स्थानीयलाई तत्काल निर्माण कार्य रोक्न सहयोगका लागि अपिलसमेत गरेका छन् ।

यस सम्बन्धमा उपभोक्ता समितिका अध्यक्ष प्ुरुषोत्तम मण्डलसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]