१८ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

योगाभ्यासलाई निरन्तता दिन मुख्यमन्त्री सिँहको आग्रह

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आषाढ ०५, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले योगले निरोगी बनाउने भन्दै योगाभ्यासलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्ने बताएका छन् ।

दसौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नेपालस्थित भारतीय महावाणिज्य दूतावास वीरगञ्जले बुधबार जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिँहले सो कुरा बताएका हुन् ।

उनले नागरिक स्वस्थ भएपछि मात्र देश स्वस्थ हुने बताए । योगलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा मुख्यमन्त्री सिँहले जोड दिए ।

मुख्यमन्त्री सिँहले योग दिवसमार्फत योग प्रवद्र्धन गरेकामा भारतीय महावाणिज्य दूतावास वीरगञ्जलाई धन्यवादसमेत दिए ।

चित्त र वृत्तिलाई शुद्ध बनाउने अभ्यासलाई योग भनिन्छ । विश्व योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र सङ्घले स्वीकार गरेपछि जुन २१ लाई विश्व योग दिवसका रूपमा मनाइँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]