११ माघ २०८२, आइतबार
25-01-2026 , Sun
×

मुख्यमन्त्री सिंह भन्छन्- ‘बजेट र याेजना चिया पसलमा बिक्री हुने क्रम राेकियाे’

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आषाढ ०५, २०८१

जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेट र योजना चिया पसलमा बिक्री हुने क्रम रोकिएको बताएका छन् ।

बुधबार महाेत्तरीकाे मटिहानी नगरपालिकाकाे १३ औँ नगर सभाकाे उद्घाटन सत्रमा शुभकामना दिंदै मुख्यमन्त्री सिंहले प्रदेश सरकारकाे बजेट र याेजना चिया पसलमा बिक्री हुने क्रम जनमत नेतृत्वकाे सरकारले राेक्न सफल भएकाे दाबी गरे ।

‘अन्न निर्यात गर्नुपर्ने प्रदेशमा अहिले हरेक अन्न आयात गर्नुपर्ने स्थिति आएको छ,’ मुख्यमन्त्री सिंहले भने, ‘संघीयता मधेशलाई चाहिएकाे छ । मधेशलाई कृषि आवश्यक छ ।’ उनले मधेशकाे कृषि उत्पादनको अवस्था सन्ताेषजनक नरहेकाे बताए ।

संघीयताकाे भविष्य मधेश प्रदेशकाे नीति कार्यक्रम र बजेटले बलियाे बनाउने प्रयास गरेकाे उनले बताए ।

‘मधेशको विकासका लागि ठुलाे प्लटमा खेती आवश्यक छ,’ उनले भने, ‘व्यवसायिक कृषि खेती गर्ने स्थानीय तहसंग प्रदेश सरकार समन्वय गर्न तयार छ ।’ तीन तहकाे सरकारले एकै खालकाे याेजना ल्याउने परम्परा राेक्न प्रदेश सरकार अग्रसर भएकाे उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]