३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

मुख्यमन्त्री सिंह भन्छन्- ‘बजेट र याेजना चिया पसलमा बिक्री हुने क्रम राेकियाे’

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आषाढ ०५, २०८१

जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेट र योजना चिया पसलमा बिक्री हुने क्रम रोकिएको बताएका छन् ।

बुधबार महाेत्तरीकाे मटिहानी नगरपालिकाकाे १३ औँ नगर सभाकाे उद्घाटन सत्रमा शुभकामना दिंदै मुख्यमन्त्री सिंहले प्रदेश सरकारकाे बजेट र याेजना चिया पसलमा बिक्री हुने क्रम जनमत नेतृत्वकाे सरकारले राेक्न सफल भएकाे दाबी गरे ।

‘अन्न निर्यात गर्नुपर्ने प्रदेशमा अहिले हरेक अन्न आयात गर्नुपर्ने स्थिति आएको छ,’ मुख्यमन्त्री सिंहले भने, ‘संघीयता मधेशलाई चाहिएकाे छ । मधेशलाई कृषि आवश्यक छ ।’ उनले मधेशकाे कृषि उत्पादनको अवस्था सन्ताेषजनक नरहेकाे बताए ।

संघीयताकाे भविष्य मधेश प्रदेशकाे नीति कार्यक्रम र बजेटले बलियाे बनाउने प्रयास गरेकाे उनले बताए ।

‘मधेशको विकासका लागि ठुलाे प्लटमा खेती आवश्यक छ,’ उनले भने, ‘व्यवसायिक कृषि खेती गर्ने स्थानीय तहसंग प्रदेश सरकार समन्वय गर्न तयार छ ।’ तीन तहकाे सरकारले एकै खालकाे याेजना ल्याउने परम्परा राेक्न प्रदेश सरकार अग्रसर भएकाे उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]