१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

राष्ट्रिय युवा परिषदको आयोजनामा युवा वैज्ञानिक सम्मेलन

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, आषाढ ०६, २०८१

काठमाडौँ । राष्ट्रिय युवा परिषदद्वारा नेपाल रोवोटिक्स एसोसिएसनसंगको सहकार्यमा आयोजना गरिएको युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ। वुधवार उपत्यकामा आयोजित सम्मेलनको उद्घाटन अर्थमन्त्री वर्षमान पुनले गरेका थिए।

एकदिवसीय युवा वैज्ञानिक सम्मेलनमा अर्थमन्त्री पुनले राष्ट्रको सर्वाङ्गीण विकासका लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको महत्वपूर्ण भूमिका रहने वताए। ‘विश्वमा विकशित राष्ट्रहरुको विकासको मुल आधार नै समय सापेक्ष प्रविधिको विकास र सही रुपमा अवलम्वन नै रहेको पाइन्छ,’ पुनले भने।

विकासको गतिलाई तीव्रता दिन, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उपलब्ध ज्ञान, विज्ञान, र प्रविधिको समुचित उपयोग गर्न सक्ने क्षमताको समेत बृद्धि गर्नु पर्नेमा मन्त्री पुनले जोड दिए।

सम्मेलनमा वैज्ञानिक समेत रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतले हरेक क्षेत्रमा वैज्ञानक सोच विकास गर्न सकेमात्र राष्ट्रले विकासको लय समाउने धारणा राखे।

पुर्व विज्ञान मन्त्री गणेश साहले विज्ञानलाई राष्ट्रको जीवन पद्धति वनाउनुपर्ने वताए। नास्टका उपकुलपति दिलिप सुब्वाले युवाहरूका वैज्ञानिक सोचलाई प्रवर्धन गर्न राज्यले आफ्नो सामर्थ्य वढाउनुपर्ने वताए।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नेपाली युवामा रहेको वैज्ञानिक खोज, अनुसन्धान र सोचलाई वढवा दिन युवा वैज्ञानिक सम्मेलनको आयोजना गरिएको वताए।

सम्मेलनमा नास्टका सचिव डा।रबीन्द्रप्रसाद ढकाल, त्रिभुवन विश्वविद्यालयकी प्रा.डा.अन्जना सिह , वैज्ञानिक लुजेन्द्र ओझा , प्रा.कनैया झा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव इन्दुविक्रम जोशी लयायत विषय विज्ञहरूले फरक फरक विषयमा आ-आफ्नो विषयगत प्रस्तुतीकरण राखेका थिए।

सम्मेलनमा विभिन्न क्षेत्रका युवा वैज्ञानिकहरुले गरेका आविष्कारहरूको प्रदर्शनी स्टल समेत राखिएको थियो।

अनलाइन रजिष्ट्रेसनको माध्यवाट विभिन्नक्षेत्रका तीन सय युवा वैज्ञानिक एवम् अनुसन्धानकर्ता सहभागी भएको सहआयोजक नेपाल रोववोटिक्स् एसोसिएसनका अध्यक्ष विकास गुरुङले जनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]