०४ साउन २०८२, आइतबार
20-07-2025 , Sun
×

राष्ट्रिय युवा परिषदको आयोजनामा युवा वैज्ञानिक सम्मेलन

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, आषाढ ०६, २०८१

काठमाडौँ । राष्ट्रिय युवा परिषदद्वारा नेपाल रोवोटिक्स एसोसिएसनसंगको सहकार्यमा आयोजना गरिएको युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ। वुधवार उपत्यकामा आयोजित सम्मेलनको उद्घाटन अर्थमन्त्री वर्षमान पुनले गरेका थिए।

एकदिवसीय युवा वैज्ञानिक सम्मेलनमा अर्थमन्त्री पुनले राष्ट्रको सर्वाङ्गीण विकासका लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको महत्वपूर्ण भूमिका रहने वताए। ‘विश्वमा विकशित राष्ट्रहरुको विकासको मुल आधार नै समय सापेक्ष प्रविधिको विकास र सही रुपमा अवलम्वन नै रहेको पाइन्छ,’ पुनले भने।

विकासको गतिलाई तीव्रता दिन, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उपलब्ध ज्ञान, विज्ञान, र प्रविधिको समुचित उपयोग गर्न सक्ने क्षमताको समेत बृद्धि गर्नु पर्नेमा मन्त्री पुनले जोड दिए।

सम्मेलनमा वैज्ञानिक समेत रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतले हरेक क्षेत्रमा वैज्ञानक सोच विकास गर्न सकेमात्र राष्ट्रले विकासको लय समाउने धारणा राखे।

पुर्व विज्ञान मन्त्री गणेश साहले विज्ञानलाई राष्ट्रको जीवन पद्धति वनाउनुपर्ने वताए। नास्टका उपकुलपति दिलिप सुब्वाले युवाहरूका वैज्ञानिक सोचलाई प्रवर्धन गर्न राज्यले आफ्नो सामर्थ्य वढाउनुपर्ने वताए।

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नेपाली युवामा रहेको वैज्ञानिक खोज, अनुसन्धान र सोचलाई वढवा दिन युवा वैज्ञानिक सम्मेलनको आयोजना गरिएको वताए।

सम्मेलनमा नास्टका सचिव डा।रबीन्द्रप्रसाद ढकाल, त्रिभुवन विश्वविद्यालयकी प्रा.डा.अन्जना सिह , वैज्ञानिक लुजेन्द्र ओझा , प्रा.कनैया झा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव इन्दुविक्रम जोशी लयायत विषय विज्ञहरूले फरक फरक विषयमा आ-आफ्नो विषयगत प्रस्तुतीकरण राखेका थिए।

सम्मेलनमा विभिन्न क्षेत्रका युवा वैज्ञानिकहरुले गरेका आविष्कारहरूको प्रदर्शनी स्टल समेत राखिएको थियो।

अनलाइन रजिष्ट्रेसनको माध्यवाट विभिन्नक्षेत्रका तीन सय युवा वैज्ञानिक एवम् अनुसन्धानकर्ता सहभागी भएको सहआयोजक नेपाल रोववोटिक्स् एसोसिएसनका अध्यक्ष विकास गुरुङले जनाए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]