१२ कार्तिक २०८२, बुधबार
29-10-2025 , Wed
×

पूर्व मन्त्री यादव भन्छन्- ‘सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्छ’

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, आषाढ ०६, २०८१

राजविराज । मधेश प्रदेशका पूर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्ने बताएका छन् ।

सप्तरीको रुपनी गाउँपालिकाको पाँचौ गाउँसभाको बुधबार उद्घाटन गर्दै यादवले सामुदायिक विद्यालयलाई सुधार्न समाजका अगुवा सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने बताए । ‘सामुदायिक विद्यालयमा सबैले आफ्ना सन्तान पढाउन दिएर हेरचाह गरे सामुदायिक शिक्षा सुध्रिन्छ’ उनले भने, ‘अहिले आफ्ना सन्तानलाई अन्य विद्यालयमा पढाउनेहरु सामुदायिक विद्यालयमा राजनीति गरिरहेका छन् ।’

जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका यादवले अँग्रेजीको रटानभन्दा मातृभाषाको शिक्षामा जोड् दिनुपर्ने बताए । उनले अँग्रेजी भाषा मात्र भएकाले यसतर्फ बढी ध्यान दिन नहुने बताए ।जनताको विश्वासलाई कायम राख्न जनप्रतिनिधीलाई गम्भीर बन्नुपर्नेमा जोड् दिदैं यादवले शिक्षा, स्वास्थ्य, कृषि, सडकका लागि गुरुयोजना बनाएर अघि बढन स्थानीय पालिकाका जनप्रतिनिधीसँग आग्रह गरे ।

आफ्नो पार्टीको नेतृत्वमा मधेश सरकार बनेपछि असारे विकासलाई निरुत्साहित गर्ने लक्ष्य लिएको उनले बताए । यस्तै योजना वापत यसअघि हुने लेनदेन पनि निरुत्साहित गरिने उनको भनाई छ ।

प्रदेश मन्त्रीपरिषद्को हालै भएको निर्णयलाई बंग्याउने काम मात्रै भएको उनले बताए । ‘पाँच करोड सांसदलाई दिने बजेट होइन्’ उनले भने, ‘क्षेत्रको विकासका लागि बजेट दिने हो ।’

यसअघि मन्त्री हुँदा सारा बजेट आफ्नै क्षेत्रमा लग्ने गरेको बताउँदै उनले सबै क्षेत्रमा समान विकासका लागि यो निर्णय गरेको बताए ।कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख शम्भु यादवले जनप्रतिनिधीले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए ।

रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवले सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउने नीति ल्याउन पहल गर्ने बताए ।उनले पालिकाको समग्र विकासका लागि आफूसहित सबै जनप्रतिनिधी तत्पर रहेको बताउँदै सबैले यसमा सहयोग गर्नुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष यादवकै अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, वडाअध्यक्षहरुसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]