१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

पूर्व मन्त्री यादव भन्छन्- ‘सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्छ’

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, आषाढ ०६, २०८१

राजविराज । मधेश प्रदेशका पूर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवले सामुदायिक शिक्षालाई सुधार्न सबैले समान व्यबहार अपनाउनुपर्ने बताएका छन् ।

सप्तरीको रुपनी गाउँपालिकाको पाँचौ गाउँसभाको बुधबार उद्घाटन गर्दै यादवले सामुदायिक विद्यालयलाई सुधार्न समाजका अगुवा सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने बताए । ‘सामुदायिक विद्यालयमा सबैले आफ्ना सन्तान पढाउन दिएर हेरचाह गरे सामुदायिक शिक्षा सुध्रिन्छ’ उनले भने, ‘अहिले आफ्ना सन्तानलाई अन्य विद्यालयमा पढाउनेहरु सामुदायिक विद्यालयमा राजनीति गरिरहेका छन् ।’

जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका यादवले अँग्रेजीको रटानभन्दा मातृभाषाको शिक्षामा जोड् दिनुपर्ने बताए । उनले अँग्रेजी भाषा मात्र भएकाले यसतर्फ बढी ध्यान दिन नहुने बताए ।जनताको विश्वासलाई कायम राख्न जनप्रतिनिधीलाई गम्भीर बन्नुपर्नेमा जोड् दिदैं यादवले शिक्षा, स्वास्थ्य, कृषि, सडकका लागि गुरुयोजना बनाएर अघि बढन स्थानीय पालिकाका जनप्रतिनिधीसँग आग्रह गरे ।

आफ्नो पार्टीको नेतृत्वमा मधेश सरकार बनेपछि असारे विकासलाई निरुत्साहित गर्ने लक्ष्य लिएको उनले बताए । यस्तै योजना वापत यसअघि हुने लेनदेन पनि निरुत्साहित गरिने उनको भनाई छ ।

प्रदेश मन्त्रीपरिषद्को हालै भएको निर्णयलाई बंग्याउने काम मात्रै भएको उनले बताए । ‘पाँच करोड सांसदलाई दिने बजेट होइन्’ उनले भने, ‘क्षेत्रको विकासका लागि बजेट दिने हो ।’

यसअघि मन्त्री हुँदा सारा बजेट आफ्नै क्षेत्रमा लग्ने गरेको बताउँदै उनले सबै क्षेत्रमा समान विकासका लागि यो निर्णय गरेको बताए ।कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख शम्भु यादवले जनप्रतिनिधीले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए ।

रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवले सबैले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउने नीति ल्याउन पहल गर्ने बताए ।उनले पालिकाको समग्र विकासका लागि आफूसहित सबै जनप्रतिनिधी तत्पर रहेको बताउँदै सबैले यसमा सहयोग गर्नुपर्ने बताए ।

गाउँपालिका अध्यक्ष यादवकै अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, वडाअध्यक्षहरुसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]