१७ पुष २०८२, शुक्रबार
02-01-2026 , Fri
×

मुख्यमन्त्री सिंह भन्छन् – ‘विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्ने’

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, आषाढ ०६, २०८१

जनकपुरधाम । प्रत्येक विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक रहेको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बताए।

बिहिवार जनकपुरधाममा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा भएको ट्राफिक जनचेतनामूलक कार्यक्रम -२०८१ (ट्राफिक सप्ताह ) समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले विद्यालयको पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राखेपछि सडक दुर्घटना कमि आउने बताए।

मुख्यमन्त्री सिंहले भने, ‘आजको बालबालिकाहरु भोलिको भविष्य रहेको कारणले बालबालिकाहरुको विशेष सहभागितामा कार्यक्रम सञ्चालन भएकोमा यसले समाजमा ठुलो परिवर्तन ल्याउने विश्वास रहेको छ। बढ्दै गरेको सडक दुर्घटना नियन्त्रणका लागि विद्यार्थीहरुले यसलाई सचेतनाका रुपमा लिनुपर्छ र यसले भविष्यमा दुर्घटना न्यूनीकरण गर्ने बताए ।’

उनले ट्राफिक नियमको पालना गर्न र गराउनको लागि आग्रह गरे । बस चालकले सवारी सधानको अवस्था बारेमा पूर्व जानकारी राख्नुपर्ने टिप्पणी गरेको छ।

भित्री सडकमा बढ्दो चाप, सडक सञ्जालको तुलनामा ट्राफिक प्रहरीको एकाइहरुको अभाव ट्राफिक वस्वस्थानका अभाव, अटो तथा रिक्साहरुको व्यवस्थापनमा समस्या, हुलाकी तथा भित्री सडकहरुमा सिसिसटभी नहुँदा दुर्घटनाको सङ्ख्या बढ्दै गरेको उल्लेख गरे ।

कार्यक्रम गृह ,संचार तथा कानुन मन्त्री बिमला अन्सारीको अध्यक्षतामा भएकी थिइन् ।उक्त कार्यक्रममा उद्योग ,वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई ,जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलगाइतको व्यक्तहरुको उपस्थिति रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]