०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

धनुषाको विदेह नगरपालिकाले ल्यायो ६० करोड ३ लाख १८ हजारको बजेट

Logo
विपिन यादव प्रकाशित सोमबार, आषाढ १०, २०८१

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६० करोड ३ लाख १८ हजारको बजेट ल्याएको छ ।

नगरपालिकाले आज गरेको ८ औं नगरसभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको हो ।नगरपालिकाकी उपप्रमुख आशा देवी झाको आदेश अनुसार प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर साहले बजेट प्रस्तुत गरेका थिए ।

प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, रोजगारीलाई प्राथमिकतामा राखिएको छ । ‘कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारको अभिभारा आत्म निर्भर सुन्दर र समृद्ध विदेह’ मूल नाराको साथ ल्याइएको बजेटमा सबभन्दा अधिक बजेट कृषिमा छुट्याइएको छ ।

कृषि विद्युतिकरणका लागि नगरपालिकाले ३ करोड रुपैयाँ छुटयाएको छ । कृषिको लागि अन्य शिर्षककमा करोडौँको बजेट ल्याएको हो ।

विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासको अध्यक्षता तथा धनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेश साँसद लखन दासको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभाबाट सो बजेट ल्याइएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य वडा १ देखि ९ सम्मका वडा अध्यक्ष लगायत अन्यले राखेका थिए ।

यस कार्यक्रममा ९ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्वास्थ्य निरीक्षक, जिन्सी शाखा प्रमुख, लेखा अधिकृत, सञ्चारकर्मी, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]