२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

धनुषाको विदेह नगरपालिकाले ल्यायो ६० करोड ३ लाख १८ हजारको बजेट

Logo
विपिन यादव प्रकाशित सोमबार, आषाढ १०, २०८१

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६० करोड ३ लाख १८ हजारको बजेट ल्याएको छ ।

नगरपालिकाले आज गरेको ८ औं नगरसभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको हो ।नगरपालिकाकी उपप्रमुख आशा देवी झाको आदेश अनुसार प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर साहले बजेट प्रस्तुत गरेका थिए ।

प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, रोजगारीलाई प्राथमिकतामा राखिएको छ । ‘कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारको अभिभारा आत्म निर्भर सुन्दर र समृद्ध विदेह’ मूल नाराको साथ ल्याइएको बजेटमा सबभन्दा अधिक बजेट कृषिमा छुट्याइएको छ ।

कृषि विद्युतिकरणका लागि नगरपालिकाले ३ करोड रुपैयाँ छुटयाएको छ । कृषिको लागि अन्य शिर्षककमा करोडौँको बजेट ल्याएको हो ।

विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासको अध्यक्षता तथा धनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेश साँसद लखन दासको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभाबाट सो बजेट ल्याइएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य वडा १ देखि ९ सम्मका वडा अध्यक्ष लगायत अन्यले राखेका थिए ।

यस कार्यक्रममा ९ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्वास्थ्य निरीक्षक, जिन्सी शाखा प्रमुख, लेखा अधिकृत, सञ्चारकर्मी, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]