२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

विवादका बीच जीतपुरसिमरा उपमहानगरले ल्यायो बजेट

Logo
न्यूज मधेश प्रकाशित सोमबार, आषाढ १०, २०८१

वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले नगरसभामा विवादकै बीचमा आर्थिक वर्ष २०८१/८२ का लागि रु दुई अर्ब १० करोड ५० लाखको बजेट ल्याएको छ ।

आज भएको नगरसभाको १०औँ बैठकमा उपप्रमुख भोलाप्रसाद अधिकारीसहित सदस्यहरु विरोधमा उत्रिएपछि कार्यपालिका सदस्य रामप्रसाद लामिछानेले बजेट पेस गर्नुभएको हो । चालु आवको बजेटभन्दा रु ५७ करोड तीन लाख घटाएर बजेट ल्याइएको हो ।

उपप्रमुख भोलाप्रसाद अधिकारीले नगरसभाबाट कानुनी प्रक्रियाअनुसार नीति तथा कार्यक्रम र बजेट पारित नभएको दाबी गर्नुभयो । ‘‘कार्यपालिकाको बोर्ड बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुनुपर्ने थियो । वडागत बजेटको सिलिङ पारित हुनुपर्ने, बजेटको आकार र प्रकारमा छलफल हुनुपर्ने थियो”, उहाँले भन्नुभयो ।

नगरप्रमुख राजन पौडलले भने नीति तथा कार्यक्रम र बजेट पास भइसकेको दाबी गर्नुभयो । “केही पनि विवाद भएको छैन । पहिलादेखि नै प्रक्रियामा थियो । उहाँहरु सहभागी भइरहनुभएको थिएन । आज नगरसभा सम्पन्न भएको छ । उहाँहरुले आज तोडफोड गर्नुभयो । नगरसभाबाट नीति तथा कार्यक्रम र बजेट पास भइसक्यो ।”

कार्यपालिका सदस्य तथा वडा नम्बर १५ का अध्यक्ष रामप्रसाद लामिछानेले आगामी आवको बजेटमा ससर्त अनुदान सङ्घ र प्रदेश सरकारबाट रु ६३ करोड ४८ लाख आय हुने अनुमान गरिएको बताउनुभयो ।

त्यस्तै सङ्घीय प्रदेश स्थानीय सरकारबाट प्राप्त अनुदानतर्फ रु एक अर्ब चार करोड आठ लाख चार हजार आय हुने अनुमान छ । मालपोत रजिष्टेशन, विज्ञापन कर, ढुङ्गा गिट्टी बालुवासहित राजस्व बाँडफाँट सङ्घ र प्रदेशबाटसहित रु ३७ करोड ९३ लाख ३५ हजार आय अनुमान गरिएको छ भने आन्तरिक राजस्व बैंक मौज्दातसहित रु ६७ करोड ९८ लाख ५० हजार आय हुने बजेट वक्तयमा उल्लेख गरिएको छ ।

चालु आवमा रु दुई अर्ब ६७ करोड ५३ लाख बजेट विनियोजन गरिएको थियो । सोमध्ये चालुतर्फ रु एक अर्ब २४ करोड ५५ हजार को ६२ दशमलव ५३ प्रतिशत खर्च भएको छ । त्यस्तै पुँजीगत खर्चतर्फ रु एक अर्ब ४३ करोड ५२ लाख ४४ हजार विनियोजन भएकोमा २७ दशमलव २२ प्रतिशत अर्थात रु ३९ करोड ६ लाख ७२ हजार खर्च बजेट वक्तब्यमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]