२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

दलित परिवारमाथि भएको घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ ः नेता यादव

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आषाढ १२, २०८१

राजविराज । सप्तरीमा भएको दलित परिवारमाथि सांघातिक आक्रमण घटनाको सत्यतथ्य छानबिन गर्न जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले माग गरेको छ।

डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुर बस्ने पृतम पासवान परिवारमाथी आक्रमण भएको घटना प्रती नेता यादवको ध्यानाकर्षण भएको छ।

नेता यादवले घटना प्रती दुःख व्यक्त गर्दै उनले घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कार्वाही गर्न माग गरेको छ।

नेता यादबले भने,‘ घटना बारे आफ्नुलाई कुनै जानकारी छैन् । तर, यो घटनाका दोषीलाई बचाउन मेरो भुमिका रहेको समाचारमा कुनै सत्यता नभएको नेता यादवले दाबी गरेका छन् ।

नेता यादवले भने, ’केही राजनीतिक दलका नेताहरुले मलाई र हाम्रो पार्टीको नाम जोडेर मिडियामा लगाइएको आरोप सरासर गलत हो ।’

नेता यादवले, ’घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कार्वाही गर्न माग गरेको छ।’ उनले पीडित परिवारले न्याय पाउनुपर्छ ।

नेता यादवले घटनाको बारेमा आफुलाई कुनै जानकारी नभएको र विपक्षीहरुले पीडितलाई उक्साएर आफ्नो नाम जोडिएको बताए।

उनले भने, ’केही राजनीति दलका व्यक्तिहरुले पीडित परिवारलाई न्याय दिलाउनुको सट्टामा उहाँहरुलाई काठमाडौंको मिडियाहरुमा आफ्नो नाम जोडेर आफुलाई बदनाम गर्ने हिसाबले मिडिया बाजीमा लागेको छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]