२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

मधेश प्रदेशको आर्थिक समुन्नतिको आधार पर्यटन : मुख्यमन्त्री सिंह

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आषाढ १२, २०८१

वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशलाई आर्थिक समुन्नतिमा लैजाने मुख्य आधारको रुपमा पर्यटक क्षेत्र रहेको बताएको छ।

पर्यटन विकास कार्यालय वीरगन्जले आयोजना गरिएको सरोकारवालासँगको संवाद कार्यक्रममा मुख्यमन्त्री सिंहले पर्यटन क्षेत्रको विकासले मात्रै मधेश प्रदेशको आर्थिक तथा सामाजिक रुपमा कायापलट हुने बताए ।

‘‘मधेश प्रदेशलाई माथि उकास्ने भनेको नै पर्यटन क्षेत्रले हो,’’ उनले भने,“पर्यटन एउटा यस्तो माध्यम हो जुन तत्कालै भित्र्याउन सकियो भने मधेश प्रदेशको समग्र आर्थिकस्तर सुधार्न सकिन्छ ।’’

मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारको एकल प्रयासले मात्रै मधेशमा पर्यटनको विकास गर्न सम्भव नभएको जनाउँदै मधेश प्रदेशको विकासका लागि सरोकारवाला सबै निकायले हातेमालो गरेर अघि बढ्न जरुरी रहेको भने ।

‘‘मधेश प्रदेशका ऐतिहासिक मठमन्दिर, धार्मिकस्थल छिमेकीमूलुक भारत लगायतका धेरै मुलुकमा प्रख्यात रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘धार्मिक पर्यटक पूजा गरेर सोही दिन फर्किहाल्ने जुन बाध्यात्मक स्थिति छ ।

भारतीय पर्यटकहरुका लागि सुविधा सम्पन्न बस्ने र खाने ठाउँ नहुँदा पनि पर्यटकको बसाइ चाहेर पनि लम्बाउन सकिरहेका छैनौँ ।’’ मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गर्न निजी क्षेत्रलाई पनि आह्वान गरेको छ ।

‘‘मधेश प्रदेश सरकारले पर्यटनसँग सम्बन्धित सबै कुरा पूरा गरिदिन सक्ने अवस्थामा पनि छैन । त्यसैले प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र सबै हातेमालो गरेर पर्यटन क्षेत्रको विकासमा अघि बढ्नुपर्ने आवश्यकता भइसकेको छ,’’ मुख्यमन्त्री सिंहले भने, ‘‘हाम्रा आवश्यकता र चाहना असिमित रहेका छन् । त्यसैले प्रदेशले मात्रै सबै खालको बजेट उपलब्ध गराउन नसक्ने भएकाले पनि सार्वजनिक निजी साझेदारी लगायतका मोडलमा पर्यटन क्षेत्रको विकास गर्न आवश्यक रहेको छ ।’’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]