२३ पुष २०८२, बिहिबार
08-01-2026 , Thu
×

अहिलेको मधेस सरकार ‘रेस्ट’ गर्ने सरकार होइन : मुख्यमन्त्री सिंह

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आषाढ १२, २०८१

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहले अहिलेको सरकार ‘रेस्ट’ गर्ने सरकार नभएको बताएका छन् । अघिल्ला सरकार जस्तो आरामले समय काट्ने सरकार नभएर जनताको सेवाका लागि २४ सै घण्टा काम गर्ने सरकार भएको उनले बताए ।

पर्यटन विकास कार्यलय पर्साले बुधबार वीरगन्जमा आयोजना गरेको सरोकारवालाहरुसँग अन्तरक्रिया एवं संवाद कार्यक्रम मुख्यमन्त्री सिंहले पहिलाको सरकार जस्तो अहिलेको सरकार सुतेर नबस्ने बताए ।

‘मेरो टाउकाको उपचार भएको छ, तर म जनताको कामका लागि हिँड्या हिँड्या छु । हामी अहिले २४ सै घण्टा काम गरिरहेका छौँ, उनले भने,‘किनकि ७ वर्षदेखि मधेस सरकारमाथि जनताको विश्वास घटेको छ, नकारात्मक धारणा छ, हो त्यो धारणा चिर्नका लागि हामी रातदिन काम गरिरहेका छौँ ।’

‘घुमौँ मधेस, बुझौँ मधेस’ नारासहित पर्यटन मन्त्रालयले गरेको कार्यक्रममा मुख्यमन्त्री सिंहले पर्यटन क्षेत्रको मात्र विकास गर्न सके मधेसको कायापलट हुने बताए । मधेसको विकास एक्लैले सम्भव नभएकाले यसका लागि प्रदेश सरकारले माग अनुसार काम अगाडि बढाइसकेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]