२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

अहिलेको मधेस सरकार ‘रेस्ट’ गर्ने सरकार होइन : मुख्यमन्त्री सिंह

Logo
न्यूज मधेश प्रकाशित बुधबार, आषाढ १२, २०८१

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहले अहिलेको सरकार ‘रेस्ट’ गर्ने सरकार नभएको बताएका छन् । अघिल्ला सरकार जस्तो आरामले समय काट्ने सरकार नभएर जनताको सेवाका लागि २४ सै घण्टा काम गर्ने सरकार भएको उनले बताए ।

पर्यटन विकास कार्यलय पर्साले बुधबार वीरगन्जमा आयोजना गरेको सरोकारवालाहरुसँग अन्तरक्रिया एवं संवाद कार्यक्रम मुख्यमन्त्री सिंहले पहिलाको सरकार जस्तो अहिलेको सरकार सुतेर नबस्ने बताए ।

‘मेरो टाउकाको उपचार भएको छ, तर म जनताको कामका लागि हिँड्या हिँड्या छु । हामी अहिले २४ सै घण्टा काम गरिरहेका छौँ, उनले भने,‘किनकि ७ वर्षदेखि मधेस सरकारमाथि जनताको विश्वास घटेको छ, नकारात्मक धारणा छ, हो त्यो धारणा चिर्नका लागि हामी रातदिन काम गरिरहेका छौँ ।’

‘घुमौँ मधेस, बुझौँ मधेस’ नारासहित पर्यटन मन्त्रालयले गरेको कार्यक्रममा मुख्यमन्त्री सिंहले पर्यटन क्षेत्रको मात्र विकास गर्न सके मधेसको कायापलट हुने बताए । मधेसको विकास एक्लैले सम्भव नभएकाले यसका लागि प्रदेश सरकारले माग अनुसार काम अगाडि बढाइसकेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]