२९ आषाढ २०८२, सोमबार
14-07-2025 , Mon
×

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

Logo
न्यूजमधेश संवाददाता प्रकाशित बिहिबार, आषाढ १३, २०८१

जलेश्वर । महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति तथा स्वास्थ्य कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वरमा आयोजना गरेको पूर्ण खोपयुक्त जिल्ला घोषणासभालाई सम्बोधन गर्दै मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नुभएको हो ।

उहाँले ‘खोजी खोजी खोप लगाऔँ, देशको भविष्यलाई सुनिश्चित बनाऔँ’ भन्ने नारा लगाउँदै जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीलाई पूर्ण खोपयुक्त जिल्ला बनाउनमा पु-याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले आजको बालबालिका, भोलिको भविष्य रहेकाले भविष्य पूर्ण स्वस्थ्य हुनुपर्ने र त्यसका लागि सबै प्रकारका खोप अनिवार्य रहेकाले कुनै बालबालिका खोपबाट वञ्चित नहुनुपर्ने धारणा राख्नुभयो ।
महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएसँगै मधेस प्रदेश पूर्ण खोपयुक्त घोषणा हुने बाटो खुलेको छ । यसै साता मधेस प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरिने मन्त्री सिंहले बताउनुभयो । कार्यक्रमका अध्यक्ष महोत्तरी जिल्ला समन्वय समिति तथा खोप समन्वय समितिका प्रमुख सुमनकुमारलाल कर्णलाई मन्त्री सिंहले पूर्ण खोपयुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्दै पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नुभएको थियो ।
सोही कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री केशव राय, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, स्वास्थ्य कार्यालय प्रमुख सुनिता गुप्तालगायतले जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्न खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]