०५ कार्तिक २०८२, बुधबार
22-10-2025 , Wed
×

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

Logo
प्रकाशित बुधबार, आश्विन १५, २०७६

काठमाडौं । धादिङ, महोत्तरी र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

धादिङ, गजुरी गाउँपालिका-५ गलौदीस्थित सडकमा बा २ ख ३४९१ नम्बरको ट्रिपर र बा ८७ प ४६३ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई सोमबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा सुलिकोट गाउँपालिका–८ बस्ने २५ वर्षीय राजेश पनेरुलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, गौशाला नगरपालिका–१२ पडरिया गाँउस्थित सडकमा बीआर ३० बी ९९३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने २५ वर्षीय नरेश यादवको प्राथमिक स्वास्थ केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको छ ।

झापा, कन्काई नगरपालिका–८ बिरिङपुलस्थित सडकमा बा ४ ख ६६७ नम्बरको बसले मे १० प २३७० नम्बरको मोटरसाइकललाई सोमबार बेलुका ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–५ बस्ने ४२ वर्षीय शुक्रराज लिम्बुको उपचारको लागि बिएण्डसि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]