२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

Logo
प्रकाशित बुधबार, आश्विन १५, २०७६

काठमाडौं । धादिङ, महोत्तरी र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

धादिङ, गजुरी गाउँपालिका-५ गलौदीस्थित सडकमा बा २ ख ३४९१ नम्बरको ट्रिपर र बा ८७ प ४६३ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई सोमबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा सुलिकोट गाउँपालिका–८ बस्ने २५ वर्षीय राजेश पनेरुलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, गौशाला नगरपालिका–१२ पडरिया गाँउस्थित सडकमा बीआर ३० बी ९९३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बेलुका दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने २५ वर्षीय नरेश यादवको प्राथमिक स्वास्थ केन्द्र गौशालामा उपचारको क्रममा मृत्यु भएको छ ।

झापा, कन्काई नगरपालिका–८ बिरिङपुलस्थित सडकमा बा ४ ख ६६७ नम्बरको बसले मे १० प २३७० नम्बरको मोटरसाइकललाई सोमबार बेलुका ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–५ बस्ने ४२ वर्षीय शुक्रराज लिम्बुको उपचारको लागि बिएण्डसि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]